Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

स्थानीय तहमा नमुना कृषि अभ्यास: चौतारा साँगाचोकगढीमा मन्त्री परियारको अवलोकन


ग्लोबल पाना
शुक्रबार, चैत ६ २०८२
  • 164
    SHARES

  • images
    स्थानीय तहमा नमुना कृषि अभ्यास: चौतारा साँगाचोकगढीमा मन्त्री परियारको अवलोकन

    काठमाडौं । स्थानिय तहहरुमा पनि धेरै उदाहरणीय र प्रंशसनिय कामहरु भएका छन् जो प्रचारप्रसाको अभावमा अझैपनि ओझेलमा परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा ११ का वडा अध्यक्ष श्री रोशनराज गिरीज्यूको निम्तोमा कृषि तथा पशुपन्छी मन्त्री माननीय डा. मदन प्रसाद परियारज्यूले ५ फागुन, विहिबार उक्त क्षेत्रको अवलोकन गर्नुभएको छ । वडा अध्यक्ष र सो क्षेत्रका स्थानियहरुको संयुक्त प्रयासमा परम्परागत कृषि प्रणालीलाई सरल र आधुनिकिकरण गर्नमा धेरै नयाँ कामहरुको थालनी भएको पाईयो ।

    images
    images
    images

    पहाडी भुभागमा अवस्थित यस क्षेत्रमा सिचाईका लागि १ करोड लिटर क्षमताको वर्षातको पानी संकलन गर्न रोपाई पोखरीको निर्माण भएको छ, भने स-साना रिचार्जेवल पोखरीहरुको पनि निर्माण भएको छन् । बादर र बदेल जस्ता जंगली जनावरहरुले खेतीमा पृर्याइरहेको नोक्सानीलाई रोक्नका लागि घना रुखहरु कम गर्ने र तारको बार जडान सिस्टम बनाइएको छ ।

    साईलेज घासँलाई प्रवर्द्धन गर्नकालागि अत्याधुनिक मसिनहरु सहितको घाँस घरको निर्माण, जंगलका पातपतिङ्गरलाई व्यवस्थित गर्ने प्रविधिहरु, अनकन्टार झाडीहरुलाई प्रशोधन गरि दाउराको वैकल्पिक उर्जाका रुपमा प्रयोग, जस्ता धेरै प्रयासहरु भएको पाईयो । कृषकहरुले कृषि क्षेत्रमा भएका यी गतिविधिहरुले काममा नयाँ उर्जा र हौसला दिएको बताएका छन् ।

    माननीय मन्त्रीज्यूले यस्ता उदाहरणीय कामहरुलाई अझै प्रोत्साहन गर्न र देशका हरेक स्थानिय निकायहरुमा यो प्रकारका गतिविधिहरुले किसानहरुलाई कृषिमा लाग्न प्रेरणा मिल्ने भन्दै मन्त्रालय मातहतको निकाय कृषि सूचना तथा प्रशिक्षण केन्द्रलाई यसको राम्रो प्रचारप्रसार गर्नको लागि निर्देशन गर्नुभएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ