Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अत्तरखेलस्थित बुद्ध चोकमा अत्याधुनिक सुविधासहित “WE PLAY SPORTS ARENA” सञ्चालनमा


ग्लोबल पाना
शनिबार, चैत ७ २०८२
  • 685
    SHARES

  • images
    अत्तरखेलस्थित बुद्ध चोकमा अत्याधुनिक सुविधासहित “WE PLAY SPORTS ARENA” सञ्चालनमा

    काठमाडौं । राजधानीको बौद्ध–जोरपाटी क्षेत्र यतिबेला खेलकुदको नयाँ केन्द्रका रूपमा उदाएको छ। अत्तरखेलस्थित बुद्ध चोकमा अत्याधुनिक सुविधासहित “WE PLAY SPORTS ARENA” सञ्चालनमा आएपछि स्थानीय खेलप्रेमीहरूमा उत्साहको लहर छाएको छ। लामो समयदेखि व्यवस्थित खेल मैदानको अभाव झेल्दै आएका युवादेखि भेट्रान्स खेलाडीहरू सम्मका लागि यो एरिनाले नयाँ आशा र अवसरको ढोका खोलेको छ। विशेष गरी फुटसल, फिटनेस र इनडोर स्पोर्ट्सलाई लक्षित गरी तयार गरिएको यो एरिना आधुनिक संरचना, सुरक्षित खेल वातावरण र प्रोफेसनल व्यवस्थापनका कारण छोटो समयमै चर्चाको केन्द्र बन्न थालेको छ।

    images
    images
    images

    उद्घाटनसँगै खेलाडीहरूको भीड लाग्न थालेको दृश्यले नै यस क्षेत्रको खेलप्रेम कति गहिरो छ भन्ने प्रस्ट पारेको छ। एरिनामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटसल कोर्ट, आरामदायी चेन्जिङ रुम, दर्शकका लागि सुरक्षित बस्ने व्यवस्था, उज्यालो लाइटिङ सिस्टम र डिजिटल स्कोरिङ जस्ता सुविधा उपलब्ध छन्। जसले खेललाई मात्र होइन, समग्र अनुभवलाई नै स्तरिय बनाएको छ। स्थानीय युवाहरूले यसलाई “गेम चेन्जर”को संज्ञा दिएका छन्। उनीहरूको भनाइमा, “अब राम्रो मैदान खोज्दै टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ।”

    यसैबीच, भेट्रान्स खेलाडीहरूले पनि आफ्नो फिटनेस कायम राख्न र प्रतिस्पर्धात्मक खेल खेल्न पाउने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन्। खेल मैदानको उद्याटन गर्दै गोकर्णेश्वर नगरपालिकाका खेलकुद बिकास प्रमुख सन्जय लामाले यो क्षेत्रलाई खेकुद हबको रुपमा परिचित गराउन यो खेल मैदानले महत्वपुर्ण भुमिका र्विाह गर्ने बिस्वास व्यक्त गर्नु भयो ।

    आयोजकका अनुसार, एरिनाले केवल खेल मैदान मात्र होइन, खेल संस्कृतिको विकास गर्ने उद्देश्य बोकेको छ। आगामी दिनहरूमा नियमित फुटसल लिग, प्रशिक्षण कार्यक्रम, ट्यालेन्ट हन्ट, तथा विभिन्न उमेर समूहका प्रतियोगिताहरू आयोजना गर्ने योजना समेत अघि सारिएको छ। उद्घाटनकै अवसरमा आयोजित मैत्रीपूर्ण खेलहरूले वातावरण झन् तातेको थियो। गोलको वर्षा, दर्शकको हुटिङ र खेलाडीहरूको उत्साहले एरिना पहिलो दिनमै जीवन्त बनेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ