Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

स्थायी सरकार गठन हुन लागेकोमा निजी क्षेत्रमा आशा पलाएको छ : अध्यक्ष अग्रवाल


ग्लोबल पाना
आइतबार, चैत ८ २०८२
  • 286
    SHARES

  • images
    स्थायी सरकार गठन हुन लागेकोमा निजी क्षेत्रमा आशा पलाएको छ :  अध्यक्ष  अग्रवाल

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्थायी सरकार गठन हुन लागेकोमा निजी क्षेत्रमा आशा पलाएको बताएका छन। नेपाल व्यापार संघ को ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन । उनले निरन्तरको अस्थिर सरकारका कारण निजी क्षेत्रले अपेक्षा अनुरूप काम गर्न नसकेको स्मरण गराउँदै झण्डै दुई तिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा गठन हुन गइरहेको स्थायी सरकारले निजी क्षेत्रका समस्याहरू समाधान गर्दै मनोबल उच्च बनाउने र देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने अवसरको सदुपयोग हुनेमा निजी क्षेत्र आशावादी र उत्साही रहेको बताए ।

    images
    images
    images

    अध्यक्ष अग्रवालले रास्वपाको वाचापत्रमा उल्लेख गरिएको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलगायत प्रतिबद्धताप्रति आफू उत्साहित रहेको पनि बताए। अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर (भोलाटाइल) अवस्थामा पुगेको उल्लेख गरे। उनले आर्थिक वर्ष २०८१ र  ८२ मा ४/४ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको भए पनि कोभिड-१९ को नकारात्मक प्रभाव तथा त्यसपछिको कुशल व्यवस्थापनको अभावका कारण अवस्था बिग्रिएको बताए ।

    उनले भने, “नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर भएर गएको छ । अर्थतन्त्र शिथिल छ । आर्थिक वर्ष २०८१र८२ मा ४।४ प्रतिशत वृद्धिदरको प्रक्षेपण गरिएको थियो । तर कोभिड–१९ को प्रभाव र त्यसपछिको व्यवस्थापनको अभावका कारण भदौ २३ र २४ गते ‘जेनजी आन्दोलन’ हुन पुगे।”

    आन्दोलनका क्रममा निजी क्षेत्रका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूमा झण्डै ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको र यसले समग्र औद्योगिक तथा व्यावसायिक वातावरणमा नकारात्मक असर पारेको उनले बताए । यसका कारण निजी क्षेत्रको मनोबल अत्यन्त न्यून भएको उनको भनाइ थियो ।

    अध्यक्ष अग्रवालले अपार प्राकृतिक स्रोतले सम्पन्न देश भए पनि राजनीतिक तथा आर्थिक नीतिगत स्थायित्वको अभावका कारण आर्थिक समृद्धि हासिल गर्न नसकिएको बताए। साथै, युवा जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना गर्न नसकिएको पनि उनले उल्लेख गरे । उनले भने, “अपार प्राकृतिक स्रोतले भरिएको हाम्रो देशमा राजनीतिक र आर्थिक नीतिको स्थायित्वको अभावले आर्थिक समृद्धि हासिल गर्न सकेनौं । हाम्रो युवा जनशक्तिलाई रोजगारी सिर्जना गर्न समेत सकिएको छैन ।” उनका अनुसार दैनिक २,५०० भन्दा बढी युवाहरू रोजगारीको अभावमा विदेशिन बाध्य छन्, जसले युवाहरूमा असन्तुष्टि बढाएको छ र यही असन्तुष्टि ‘जेनजी आन्दोलन’ को प्रमुख कारण बनेको हो ।

    अग्रवालले जेनजी पुस्ताले अघि सारेका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धिका मागहरूलाई महत्वपूर्ण ठहर गर्दै यी विषयहरू देश विकासका आधारस्तम्भ भएको उल्लेख गरे । उनले सुशासनलाई युवाहरूको भविष्यप्रतिको भरोसाको रूपमा व्याख्या गर्दै भ्रष्टाचार उन्मूलन र विदेशमा हासिल गरेको अनुभवलाई स्वदेशमै सकारात्मक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

    उनले भने, “जेनजी पुस्ताले अघि सारेका सुशासन, भ्रष्टाचार निवारण, रोजगारी सिर्जना र आर्थिक समृद्धिका मागहरू विकासका पहिलो खुड्किला हुन। सुशासन युवाहरूको भविष्यप्रतिको भरोसा हो। विदेशमा हासिल गरेको अनुभवलाई देशमै प्रयोग गर्न आवश्यक छ ।” अध्यक्ष अग्रवालले जेनजी आन्दोलनपछि नेपाल राजनीतिक रूपमा संवेदनशील मोडमा पुगेको बताए ।

    तर हालै सम्पन्न निर्वाचन परिणामले आशा जगाएको उल्लेख गर्दै आगामी सरकारले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरे। उनले भने, “जेनजी आन्दोलनपछि देश संवेदनशील मोडमा पुगेको थियो । तर हालैको निर्वाचन परिणामले ठूलो आशा जगाएको छ । आगामी सरकारले निजी क्षेत्रको सुरक्षा प्रत्याभूति दिनुपर्छ ।”

    साथै, अध्यक्ष अग्रवालले वि.सं. २००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्स नेपालको निजी क्षेत्रको पहिलो छाता संस्था रहेको उल्लेख गर्दै २००८ सालदेखि निरन्तर सरकारलाई बजेट निर्माणलगायत विभिन्न विषयमा परामर्श दिँदै आएको स्मरण गरे ।

    साथै, २०२२ सालमा नेपाल उद्योग वाणिज्य महासंघ को स्थापना प्रक्रियामा समेत चेम्बरका तत्कालीन पदाधिकारीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संस्थाले समृद्ध इतिहास बोकेको बताए ।

    कार्यक्रममा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले अधिवेशनले व्यवसायीहरूबीच सहकार्य, अनुभव आदानप्रदान तथा नीतिगत बहसलाई सुदृढ बनाएको बताए। “यो अधिवेशनले निजी क्षेत्रको आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने र भावी रणनीति तय गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ,” उनले उल्लेख गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ