Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

१०५ सदस्यीय कार्यसमिति चयन गर्दै गिरिराज पोखरेल नेपाल व्यापार संघको अध्यक्षमा निर्वाचित


ग्लोबल पाना
आइतबार, चैत ८ २०८२
  • 445
    SHARES

  • images
    १०५ सदस्यीय कार्यसमिति चयन गर्दै गिरिराज पोखरेल नेपाल व्यापार संघको अध्यक्षमा निर्वाचित

    काठमाडौं । “व्यवसायीले तिरेको कर राज्यको भर” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै मझौला तथा साना व्यापारीहरूको साझा संस्था नेपाल व्यापार संघको ३३औँ साधारण सभाबाट गिरिराज पोखरेलको नेतृत्वमा १०५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा जयकृष्ण शर्मा, प्रथम उपाध्यक्ष पार्वती पौडेल भट्ट, द्वितीय उपाध्यक्ष श्यामसुन्दर रुंगटा, महिला उपाध्यक्षमा लक्ष्मीकुमारी बराल र पद्माकुमारी बराल, उपत्यका उपाध्यक्ष प्रकाश श्रेष्ठ तथा सात प्रदेशबाट उपाध्यक्षहरू दीपक सापकोटा, चिफबहादुर थापा, निरञ्जन सेढेईँ, किशोरकुमार गौतम, नरबहादुर गौतम, चक्रप्रसाद पौडेल र कमल शर्मा चयन भएका छन्। महासचिवमा ज्योतिकुमार श्रेष्ठ, कोषाध्यक्षमा देवराज कार्की, उपमहासचिवमा दीपकप्रसाद सापकोटा र जगन्नाथ खनाल, सचिवहरूमा सुशीला चौलागाईँ, शर्मिला लुईँटेल, उद्धवप्रसाद गौतम, प्रितमराज पाठक, प्रेम गौतम, रामचन्द्र भुषाल, राजु गौतम, प्रविन बगाले र गणेश शिवाकोटी रहेका छन् ।

    images
    images
    images

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जेनजी आन्दोलनका कारण व्यापारीहरूको मनोबल खस्किएको भए पनि निर्वाचन सम्पन्न भएसँगै नयाँ आशा पलाएको बताए । उनले युवाशक्तिका लागि रोजगारी सिर्जना गर्न सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिँदै “अब ब्रेन ड्रेन होइन, ब्रेन गेन हुनुपर्छ” भन्ने धारणा व्यक्त गरे । संस्थापक अध्यक्ष रुवयनाथ कोइरालाले २०४६ सालतिर राजश्व अनुसन्धानका कर्मचारीद्वारा साना व्यापारीमाथि भएको धरपकडको विरोधस्वरूप नेपाल व्यापार संघ स्थापना भएको स्मरण गर्दै पञ्चायती ह्याङओभर हटाउन संस्थापकहरूको महत्वपूर्ण योगदान रहेको बताए ।

    उनले संघको विस्तार गर्दै प्रत्येक वडासम्म शाखा गठन गर्नुपर्नेमा जोड दिए। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले युवाहरूका लागि तालिम र रोजगारी सिर्जनामा विशेष पहल गर्न नयाँ सरकारलाई आह्वान गरे । त्यस्तै, निवर्तमान अध्यक्ष कुमार कार्कीले अघिल्लो सरकारले करको थ्रेसहोल्ड दश लाखबाट पाँच लाखमा झार्दा साना तथा मझौला व्यवसायी मारमा परेको उल्लेख गर्दै करदाताप्रति राज्यले सम्मान नगरेकोमा असन्तुष्टि जनाए र नयाँ सरकारले व्यवसायीका समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

    महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले देशभरका व्यापारीका समस्या र माग समान भए पनि व्यवसायीहरू नै अलमलिएको टिप्पणी गर्दै अब पुरानो ढाँचाभन्दा फरक ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । “अबको समय वादविवाद गर्ने होइन, श्रम र मिहिनेत गर्ने समय हो,” उनले भने। नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले संघले भन्सार कर, घरभाडा कर, बैंकको उच्च ब्याजदर, कालोसूची तथा एमआरपी जस्ता समस्यामा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले आगामी सरकारले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।

    वरिष्ठ उपाध्यक्ष हरिप्रसाद अधिकारीले संघ पुरानो र प्रतिनिधिमूलक संस्था भएकाले नेपाल चेम्बर्स अफ कमर्स वा नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध गरिनुपर्ने धारणा राखे । कार्यक्रममा व्यापार व्यवसायसँग सम्बन्धित लेख तथा रचनाहरू समेटिएको स्मारिका विमोचन समेत गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ