Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आगामी बैशाख दुई गते देखि कास्की सहित देशभर आर्थिक गणना हुँदै


ग्लोबल पाना
आइतबार, चैत ८ २०८२
  • 261
    SHARES

  • images
    आगामी बैशाख दुई गते देखि कास्की सहित देशभर आर्थिक गणना हुँदै

    पोखरा । राष्ट्रिय आर्थिक गणना २०८२ को सन्दर्भमा राष्ट्रिय तथ्यांक कार्यालय कास्कीको आयोजना जिल्लास्तरिय सचेतना गोष्ठी एबम अन्तरक्रीया तथा छलफल कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आर्थिक गणना देशभरमा संचालनमा रहेका आर्थिक क्रियाकलाप संचालन गर्ने आधारभुत बिबरण संकलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्ने हुँदा समग्र देशको आर्थिक र बिकासको परिसूचकको मापनमा महत्त्वपूर्ण हुने बताउनुभयो।

    images
    images
    images

    पौडेलले गणना नेपालको वास्तविक अर्थतन्त्रको आकार निर्धारणका लागि थप प्रभाबकारी नीति निर्माणमा समेत सहयोगी हुने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ऋषिराम सिग्देलले २०८३ बैशाख २ गतेदेखि २०८३ असार ७ गते सम्म संचालन हुने आर्थिक गणनाको बारेमा जानकारी दिदै यसका विभिन्न पक्षको बारेमा जानकारी दिनुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालय कास्कीका प्रमुख नन्दलाल सापकोटाले गणनाको लागि गणक तथा सुपरिबेक्षकहरू प्रतिष्ठानहरूमा भौतिकरूपमा नै उपस्थित भएर गणना गरिने उल्लेख गर्दै सबै पक्षको सहयोगमा गणना सम्पन्न हुने बिश्वास व्यक्त गर्नुभयो ।

    कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बरालले भरपर्दो र बिश्वसनिय गणना राष्ट्र निर्माणको आधार तयार गर्ने हुँदा सम्पूर्ण ब्यबस्थापन सहित उत्कृष्ट कार्य सम्पादनमा उत्रिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा सरोकारवाला निकाय, कार्यालयका प्रतिनिधि तथा उध्योग ब्यबसाय सम्बन्धि, संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

    सचेतना गोष्ठी एबम अन्तरक्रीया तथा छलफल कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ