Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रतिनिधि सभा निर्वाचन २०८२ मा बालबालिका प्रयोग सम्बन्धी संक्षिप्त अनुगमन प्रतिवेदन सार्वजनिक


आइतबार, चैत ८ २०८२
  • 404
    SHARES

  • images
    प्रतिनिधि सभा निर्वाचन २०८२ मा बालबालिका प्रयोग सम्बन्धी संक्षिप्त अनुगमन प्रतिवेदन सार्वजनिक

    ललितपुर । बालबालिका शान्तिक्षेत्र अभियान (सिजप) ले नेपालको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा कति बालबालिकाहरु प्रयोग गरियो भन्ने सन्दर्भमा बालअधिकार सम्बन्धी निर्वाचन आचार संहिता उल्लङ्घनको संक्षिप्त अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । चैत ६ गते ललतिपुरमा एक कार्यक्रमको आयोजना गरि उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएका छन् ।

    images
    images
    images

    बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले तयार गरेको बालबालिका सम्बन्धी निर्वाचन आचारसंहिता उल्लङ्घनको संक्षिप्त अनुगमन प्रतिवेदनमा देशभर दुई सय ८६ जना बालबालिका प्रयोग भएको पाइएको हो । बालबालिका शान्ति क्षेत्र अभियानका अध्यक्ष तिलोत्तमा पौडेलले सो प्रतिवेदनबारे जानकारी दिँदै यस निर्वाचनमा ५५ वटा घटना बालबालिकाले पार्टीको झन्डा बोक्ने, र चुनाव चिन्ह बोकेर प्रचारमा हिँडेको, ४८ वटा घटनामा बालबालिका र्याझली र भेलामा सहभागी भएको पाइएको बताउनुभयो ।

    त्यसै गरी ३९ वटा घटना नारा लाउँदै गरेका, ३२ वटा घटनामा पार्टीहरूको प्रचारात्मक भिडियोमा अभिनय गरिरहेको पाइएको लगायत देशभर दुई सय ८६ घटनामा बालबालिका प्रयोग भएको पाइएको बताउनुभयो । उहाँले निर्वाचनमा झडप हुने, हुलदङ्गा हुनेलगायतका विभिन्न घटनामा बालबालिकाको ज्यान जोखिममा पर्ने, पढ्ने खेल्ने, सुरक्षित वातावरणमा रमाउने उमेरका बालबालिकालाई पार्टीहरूले निर्वाचन प्रचार,भेला, विजय जुलुसमा सहभागी गराउनु भनेको बाल अधिकार हनन हुने क्रियाकलाप हुन् भन्दै यसको विरोध गर्दै आगामी निर्वाचनहरूमा यस्ता गतिविधि पुरै बन्द हुनुपर्नेमा जोड दिनुभयो ।

    प्रतिवेदन अनुसार उक्त घटनाहरू प्रदेशगत अध्ययन गर्दा कोसी प्रदेशमा ६५ वटा, बागमती प्रदेशमा ५७ वटा, मधेस प्रदेशमा ४४ वटा,लुम्बिनीमा २५ वटा, सामाजिक सञ्जाललगायतमा ६६ वटा, कर्णाली प्रदेशमा १० वटा र सुदूरपश्चिम प्रदेशमा ८ वटा घटनामा बाल अधिकार सम्बन्धी निर्वाचन आचार संहिता उल्लङ्घनका घटना भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बाल संरक्षण तथा विकास शाखा प्रमुख दुर्गा प्रसाद चालिसेले बाल अधिकार संरक्षणको दृष्टिले निर्वाचन जस्तो जोखिमको सम्भावनायुक्त क्रियाकलापमा बालबालिकाको दुरुपयोग हुन नदिन सधैँ चनाखो हुँदै त्यस्ता क्रियाकलापको विरोध निरन्तर गर्नुपर्ने बताउनुभयो ।

    सामुदायिक रेडियो प्रसारक सङ्घका निर्देशक शिरोमणि दुढङ्गानाले सङ्घमा ३८० वटा रेडियो, एफएमहरू आबद्ध रहेको र हरेक दिन २८ लाख भन्दा बढी श्रोतासमक्ष समाचार पुर्याईरहेको जानकारी दिनुभयो । उहाँले बाल अधिकार सम्बन्धी निर्वाचन आचारसंहिता उल्लङ्घन विरुद्धको अभियानमा सङ्घले सहकार्य गर्ने अवसरले बाल अधिकार संरक्षणमा सामुदायिक रेडियो प्रसारक सङ्घले सहयोग पुर्यााउन पाएको बताउनुभयो । सो प्रतिवेदन तयार गर्न बालबालिका शान्ति क्षेत्र अभियानका ५० जिल्लाका १०७ सदस्य संस्था,सात वटै प्रदेश समिति, सामुदायिक रेडियो प्रसारक सङ्घ, कन्सोर्टियम, इन्सेक सेभ द चिल्ड्रेन र बालबालिका सम्बन्धी सङ्घ संस्थाहरूको सहकार्य रहेको अभियानले जनाएको छ ।

    अभियानले राजनीतिक दल, सुरक्षा निकाय, निर्वाचन आयोग, नागरिक समाज तथा निर्वाचन पर्यवेक्षक, परिवार र समुदायलाई समेत बालबालिकाको सुरक्षा र बाल अधिकार संरक्षणको सन्दर्भमा सिफारिस गरेको छ । सो कार्यक्रममा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुका साथै सञ्चारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ