काठमाडौं । उज्यालो नेपाल पार्टीले केन्द्रीय समिति सदस्य इन्जिनियर किरण केसीलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त गरेको छ । सोमबार सम्पन्न उच्चस्तरीय बैठकले उक्त निर्णयलाई औपचारिकता दिएको हो । पार्टीका अनुसार, केसीको नियुक्तिले संगठनात्मक संरचना थप मजबुत हुने र कार्यसम्पादन क्षमता उकासिने अपेक्षा गरिएको छ । उनी विगतदेखि नै रणनीतिक योजना निर्माण र संगठन विस्तारमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्, जसले उनलाई पार्टीभित्र प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।
शीर्ष नेतृत्वले केसीको अनुभव, प्रतिबद्धता र नवीन सोचप्रति भरोसा व्यक्त गर्दै उनको नेतृत्वमा पार्टी अझ सुदृढ र गतिशील बन्ने विश्वास व्यक्त गरेको छ । साथै, देशभर पार्टीको प्रभाव विस्तार गर्दै जनतासँगको सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा गरिएको छ। नियुक्तिपछि प्रतिक्रिया दिँदै केसीले आफूलाई दिइएको जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्दै पार्टी र राष्ट्रको हितमा पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले एकता, पारदर्शिता र प्रगतिशील नीतिलाई प्राथमिकतामा राखेर दीर्घकालीन विकासमा योगदान पुर्याउने धारणा राखेका छन् ।
पार्टीले आगामी राजनीतिक कार्यक्रम र गतिविधिहरूलाई लक्षित गर्दै गरेको तयारीको सन्दर्भमा यो नियुक्तिलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


