काठमाडौं । डाउन सिण्ड्रोम समाज नेपालको आयोजना तथा नेपाल डाउन सिण्ड्रोम संघ र काठमाडौँ महानगरपालिका वडा नं २६ को सहयोगमा विभिन्न कार्यक्रमको आयोजना गरी चैत ७ गते अर्थात् मार्च २१ तारिकका दिन १५ औ विश्व डाउन सिण्ड्रोम मनाइएको छ । " Together Against Loneliness एक्लोपन विरुद्ध हामी सँगै" भन्ने नारा सहित मनाइएको उक्त दिवसको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं बाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले पानसमा दीप प्रज्वलन गरेर गर्नु भयो ।
साथै उहाँले यस दिवसको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले स्वीकार गरेको अवस्था रहेको र उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारीको हक हित र अधिकारका लागि दीर्घकालीन कार्यक्रमहरू ल्याउनु पर्ने, विभिन्न विद्यालय स्तर देखि मेडिकल साइन्सका पाठ्यक्रमहरूमा पनि डाउन सिण्ड्रोम अपाङ्गताका विषयमा समावेश गर्नु पर्ने, उनीहरूका लागि अधिकारमुखी भएर काम गर्न जरुरी रहेको भन्दै डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका लागि बाग्मती प्रदेश सरकारबाट आवश्यकता अनुसारको सहयोग गर्न तयार रहेको बताउनु भयो ।
यस दिवसका अवसरमा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले समाजमा डाउन सिण्ड्रोम अपाङ्गताको विषयमा जानकारी दिने, यस विषयमा जनचेतना जगाउने, समान अधिकार सुनिश्चितका लागि पहल गर्ने, उनीहरूको शिक्षा, रोजगारी र समुदायमा नै समान अवसर दिनु पर्ने, भेदभाव गर्न नहुने लगायतका सन्देश प्रवाह गर्ने उद्देश्यले नै यो दिवस मनाउने गरेको बताउनु भयो ।
साथै उहाँले डाउन सिण्ड्रोम अपाङ्गतालाई फरक क्षमताका रूपमा हेर्न नहुने भन्दै उनीहरूलाई व्यक्तिका रूपमा स्वीकार गर्नु पर्ने, डाउन सिण्ड्रोम अपाङ्गता भनी स्वीकार गर्नु पर्ने कुरालाई जोड दिँदै पछिल्लो समयमा राज्यले बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको, उनीहरूको शिक्षा, सामाजिक सुरक्षा भत्ता र समावेशी नीतिहरूमा पनि सुधार गर्ने प्रयासहरू भएको बताउनु भयो ।
उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागकी अधिकृत भवानी कपालीले १५ औ विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै सबैले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि वकालत तथा पैरवी गर्नु पर्ने, काठमाडौँ महानगरपालिकाले पनि विगतका दिनमा केही सहयोग गर्दै आएको र आगामी दिनमा पनि उनीहरूको हितका लागि काम गर्न आवश्यक सहयोग गर्ने बताउनु भयो ।
त्यसै गरी काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) का कार्यक्रम संयोजक सरिता खड्काले अझै पनि डाउन सिण्ड्रोम अपाङ्गताका विषयमा ठाउँ ठाउँमा जनचेतना, शिक्षा पुग्न नसकेको भन्दै उनीहरूका सवालहरूलाई संवोधन गर्नका लागि विद्यालय देखि लिएर राज्यका हरेक निकायहरूको साथ सहयोगको आवश्यक रहेको बताउनु भयो । त्यसै गरी डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाको नेतृत्वमा काठमाडौँ विश्व विद्यालय स्कुल अफ एजुकेसनले ४८ घण्टाको कोर्सलाई अनलाइन मार्फत पढाएर २७ जना उत्तीर्ण भएको भन्दै नेपालमा पहिलो पटक नै शैक्षिक क्षेत्रमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) ले डाउन सिण्ड्रोम अपाङ्गता सम्बन्धीको विषयमा पढाउन सुरुवात गरेको बताउनु भयो ।
साथै उहाँले आगामी दिनमा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका लागि के कस्ता कामहरू गर्न सकिन्छ भन्ने सन्दर्भमा डाउन सिण्ड्रोम समाज नेपाल, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) र नर्वेजियन विश्वविद्यालय बिच त्रिपक्षीय सम्झौता गरिएको भन्दै डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका लागि काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) ले सम्मानित रोजगारी, शिक्षा, आत्म सम्मानका लागि अध्ययन अनुसन्धान लगायतका कामहरू गर्दै आएको बताउनु भयो । यसै क्रममा नेपाल डाउन सिण्ड्रोम संघका अध्यक्ष रमेश तामाङले १५ औ विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस दिवस मनाउनुको उद्देश्य नै डाउन सिण्ड्रोम अपाङ्गता प्रति समाजको दृष्टिकोण सकारात्मक परिवर्तन ल्याउन प्रयास गर्ने र राज्य तथा सरोकारवाला निकायहरूलाई उनीहरूका सवाल प्रति ध्यानाकर्षण गर्ने रहेको भन्दै दिवस दिवसमा मात्रै सीमित नभएर यी दिवसका अवसरमा तय गरिएका नाराहरूलाई पनि सार्थक बनाइनु पर्ने बताउनु भयो ।
साथै उहाँले आमा बुबाको मृत्यु पछि यी छराछरीको जिम्मा कसले लिने, उनीहरूको पालन पोषण कसले गर्ने ? राज्य यस विषयमा संवेदनशील हुनु पर्ने कुरामा जोड दिनु भयो । १५ औ विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा २० मार्चमा ९० दशकको म्युजिकल ब्यान्ड मार्फत डाउन सिण्ड्रोम समाज नेपालको सहयोगार्थका लागि साङ्गीतिक साझको आयोजना गरेर डाउन सिण्ड्रोम दिवसको सुरुवात गरिएको, २१ मार्चमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको, २५ मार्चमा करिब १०० जना भन्दा बढीको सहभागितामा Grande International Hospital सँग डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरूको वार्षिक स्वास्थ्य परीक्षणका विषयमा सम्झौतामा हस्ताक्षर गर्ने, मार्च २६ मा असल र खराब छुवाई सम्बन्धी तालिम परियोजनाको समापन गर्ने, २७ मार्चमा १२ देखि १५ जना साहित्यकारहरूद्वारा कविता वाचन गर्ने, ३० मार्चमा युवा अवस्थाका डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका अभिभावकहरू सहित हाइकिङ जाने र ३१ मार्चमा अनलाइन मार्फत सबै अभिभावकहरूसँग डाउन सिण्ड्रोम अपाङ्गताको विषयमा कुराकानी गरेर यस वर्षको विश्व डाउन सिण्ड्रोम दिवसको समापन गर्ने आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले जानकारी दिनु भयो ।
१५ औ विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूले नृत्य प्रस्तुत गरेका थिए भने, उनीहरूको लागि खेलको पनि आयोजना गरिएको थियो । त्यसै गरी अभिभावकहरूका लागि डाउन सिण्ड्रोम अपाङ्गताको विषयमा जानकारी, फिँजियो थेरापी र राज्यले ल्याएका ऐन, कानुन र नीति नियमका विषयमा यी विषयसँग सम्बन्धित विषेशज्ञहरुद्वारा प्रस्तुतीकरण गरिएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


