काठमाडौं । टोखा नगरपालिकाले आ.व. २०८२/०८३ को दोस्रो चौमासिक समीक्षा कार्यक्रम सम्पन्न गर्दै विभिन्न क्षेत्रका प्रगति विवरण सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा संस्थागत विकाससँग सम्बन्धित उपलब्धि र चुनौतीमाथि विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा आर्थिक विकास समितिकी सचिव सुमित्रा पाठकले आर्थिक क्षेत्रका गतिविधि र उपलब्धि प्रस्तुत गरिन् भने सामाजिक विकास समितिका सदस्य सचिव सिताराम कोइरालाले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा भएका प्रगतिबारे जानकारी दिए ।
त्यस्तै पूर्वाधार विकास समितिकी पुजा कुमारी शाहीले सडक, भवन तथा अन्य संरचनागत विकासका कामहरूको अवस्था प्रस्तुत गरिन् । वातावरण तथा विपद् व्यवस्थापन समितिकी सदस्य सचिव अनुषा शर्माले वातावरण संरक्षण, फोहर व्यवस्थापन र विपद् तयारीका कार्यक्रमहरूबारे प्रस्तुति दिइन् । संस्थागत विकास र सुशासन समितिकी सदस्य सचिव कमला कार्कीले प्रशासनिक सुधार, पारदर्शिता र सुशासनका पहलहरूबारे जानकारी गराइन् ।
कार्यक्रममा नगर प्रवक्ता वच्चुराम बश्यालले हालसम्म भएका प्रगतिहरू उत्साहजनक भए पनि सेवा प्रवाहलाई अझ चुस्त, छरितो र नागरिकमैत्री बनाउन आवश्यक रहेको बताए । उनले पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्दै काम गर्नुपर्नेमा जोड दिए ।
प्रशासकीय प्रमुख कमल भट्टराईले प्रशासनिक सुधार, सुशासन र कार्यसम्पादनमा गुणस्तर अभिवृद्धि गर्ने दिशा तर्फ नगरपालिका अघि बढिरहेको बताए । उनले योजना कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्दै परिणाममुखी कामलाई प्राथमिकता दिइने स्पष्ट पारे ।
त्यस्तै नगर प्रमुख प्रकाश अधिकारीले समग्र विकासलाई सन्तुलित र दिगो बनाउन सबै निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गरे । उनले जनअपेक्षाअनुसार काम गर्न कर्मचारी र जनप्रतिनिधिलाई थप जिम्मेवार र उत्तरदायी हुन आग्रह गरेकन थिए ।
कार्यक्रमको प्रभावकारी सहजिकरण शाखा अधिकृत मधुसुदन मिश्रले गरेका थिए । उनले सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित, समयानुकूल र आकर्षक ढंगले अघि बढाउँदै सहभागीहरूको ध्यान केन्द्रित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


