काठमाडौं । २९ वर्षीय सस्मित पोखरेल शिक्षामन्त्री बनेसँगै देशको शिक्षा क्षेत्रमा नयाँ आशा र ऊर्जा थपिएको छ । युवा नेतृत्वको प्रतिनिधित्व गर्दै मन्त्रालय सम्हालेका पोखरेलले परिवर्तनको स्पष्ट दृष्टि र कार्यान्वयनको क्षमता बोकेका नेताका रूपमा आफूलाई स्थापित गर्दै आएका छन् ।
काठमाडौं–५ बाट निर्वाचित पोखरेलले यसअघि काठमाडौं महानगरपालिकामा प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालयमा रहेर काम गर्दै शिक्षा क्षेत्र सुधारमा प्रभावकारी भूमिका खेलेका थिए । महानगरभित्र विद्यालय सुधार, व्यवस्थापन सुदृढीकरण र गुणस्तरीय शिक्षाको पहलमा उनको सक्रियता उल्लेखनीय मानिएको छ ।
शिक्षामन्त्री बनेका पोखरेलले ‘शिक्षामा आमूल रूपान्तरण’ लाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । उनले सार्वजनिक शिक्षालाई प्रविधिमैत्री, सीपमूलक र प्रतिस्पर्धी बनाउने स्पष्ट प्रतिबद्धता जनाएका छन् ।
युवा सोच, नवीन योजना र परिणाममुखी दृष्टिकोणका साथ अघि बढिरहेका पोखरेलबाट शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार, गुणस्तरीय पहुँच विस्तार र विद्यार्थीमैत्री प्रणाली विकास हुने अपेक्षा गरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


