Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

डायस्पोरासँगको सुदृढ साझेदारी समृद्ध नेपालका लागि महत्वपूर्ण : एनआरएनए यूके


ग्लोबल पाना
शनिबार, चैत १४ २०८२
  • 268
    SHARES

  • images
    डायस्पोरासँगको सुदृढ साझेदारी समृद्ध नेपालका लागि महत्वपूर्ण : एनआरएनए यूके

    लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल र विश्वभर फैलिएको नेपाली डायस्पोराबीचको सुदृढ साझेदारी राष्ट्रको दीर्घकालीन समृद्धिका लागि अत्यन्त महत्वपूर्ण हुने जनाएको छ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तथा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा गठित मन्त्रिपरिषदलाई हार्दिक बधाई दिंदै एनआरएनए यूकेले यो जनादेशले देशमा स्थायित्व, पारदर्शिता र समावेशी विकास अघि बढाउने महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गरेको छ ।

    images
    images
    images

    एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव दिवाकर पाण्डेद्वारा संयुक्त रूपमा जारी गरिएको वक्तव्यमा नेपालभित्र तथा विश्वभर रहेका नेपालीहरूले जिम्मेवार नेतृत्वमार्फत राष्ट्रिय एकता, आर्थिक अवसर र सामाजिक प्रगतिको अपेक्षा गरेको उल्लेख छ । "नयाँ सरकारसँग विश्वभरका नेपालीहरूको ऊर्जा, सीप र अनुभवलाई उपयोग गर्दै राष्ट्र निर्माणलाई तीव्रता दिने ऐतिहासिक अवसर रहेको छ ।

    विश्वभरका गैरआवासीय नेपालीहरू लगानी, ज्ञान आदानप्रदान, सीप हस्तान्तरण तथा अन्तरराष्ट्रिय सञ्जालमार्फत नेपालको विकासमा योगदान गर्न सदैव तयार छन्," विज्ञप्तिमा भनिएको छ । विदेशमा बसोबास गर्ने दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूसँगको सम्बन्ध सुदृढ बनाउँदै उनीहरूको भाषा, संस्कृति र पहिचानसँगको सम्बन्ध जोगाइराख्नु दीर्घकालीन राष्ट्रिय विकासका लागि महत्वपूर्ण हुने बताउंदै एनआरएनए यूकेले “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने भावनालाई अझ मजबुत बनाउन नयाँ सरकारले ठोस पहल गर्ने अपेक्षा व्यक्त गरेको छ। भारत र चीनजस्ता उदाउँदा शक्तिहरूबीच अवस्थित नेपालले सन्तुलित, स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ ।

    सबै अन्तरराष्ट्रिय साझेदारहरूसँग रचनात्मक सम्बन्ध कायम राख्दै नेपालको सार्वभौमिकता, गरिमा र राष्ट्रिय हितको संरक्षण गर्नुपर्ने वक्तव्यमा उल्लेख छ । वक्तव्यमा वर्तमान जटिल भूराजनीतिक अवस्थाबीच नेपालले आफ्नो परम्परागत तटस्थता, विश्वसनीयता र रणनीतिक सन्तुलन कायम राख्नुपर्ने बताइएको छ । यसले अन्तरराष्ट्रिय स्तरमा नेपालको विश्वसनीयता सुदृढ बनाउने र सबै निर्णयहरू नेपाली जनताको सर्वोत्तम हितमा केन्द्रित हुने सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ ।

    त्यस्तै, अन्य राजनीतिक दलहरूलाई पनि जनताबाट आएको सन्देश आत्मसात गर्दै आवश्यक सुधार गर्न र नयाँ सरकारसँग रचनात्मक सहकार्य गर्न आग्रह गरिएको छ । लोकतान्त्रिक संस्थाहरू सुदृढ बनाउन र दीर्घकालीन राष्ट्रिय हित प्रवर्द्धन गर्न सबै राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ । संयुक्त अधिराज्यमा बसोबास गर्ने नेपाली समुदायको तर्फबाट नयाँ सरकारलाई सफल कार्यकालको शुभकामना दिँदै विज्ञप्तिमा नेपालमा दिगो शान्ति, स्थायित्व र समृद्धि स्थापना होस् भन्ने कामना गरिएको छ ।

    हेर्नोस् एनआरएनए यूकेद्वारा जारी वक्तव्य जस्ताको

    IMG-20260327-WA0155.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ