Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल तरुण दल बारा द्वारा पूर्वाधार विकास कार्यालय बारामा ज्ञापन पत्र


ग्लोबल पाना
सोमबार, चैत १६ २०८२
  • 221
    SHARES

  • images
    नेपाल तरुण दल बारा द्वारा पूर्वाधार विकास कार्यालय बारामा ज्ञापन पत्र

    कलैया । नेपाल तरुण दल बाराको जिल्ला अध्यक्ष दिपेन्द्र पटेलले पूर्वाधार विकास कार्यालय, कलैया, बारामा ज्ञापन पत्र बुझाएका छन् । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन हुने सम्पूर्ण योजनाहरू प्रचलित नियम, कानुन तथा मापदण्ड अनुसार मात्रै कार्यान्वयन गर्नुपर्ने स्पष्ट पारेको छ । ज्ञापन पत्रमा सबै योजनाहरू सम्बन्धित निकायमार्फत नै सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

    images
    images
    images

    साथै, कुनै पनि योजना खरिद–बिक्री गर्ने कार्य नगर्न/नगराउन सबै सरोकारवालालाई सचेत गराइएको छ। सम्पन्न भएका योजनाहरूको भुक्तानी प्रक्रिया वास्तविक काम सम्पन्न भई पेश गरिएका बिल, भरपाई तथा आवश्यक कागजातका आधारमा मात्र गरिने पनि स्पष्ट गरिएको छ । कार्यालयले सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तिहरूलाई प्रचलित नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

    उक्त ज्ञापन पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, बारा, भौतिक पूर्वाधार विकास मन्त्रालय, जनकपुरधाम तथा अर्थ मन्त्रालय, जनकपुरधामलाई समेत पठाइएको छ ।

    Messenger_creation_CC40FE4F-26D0-44E0-BDBD-B521C320A8F2.jpeg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ