काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालसहितको उच्चस्तरीय टोलीबीच विपद् व्यवस्थापन र सीमा सुरक्षासम्बन्धी महत्वपूर्ण छलफल भएको छ । बैठकमा विशेषगरी संभावित विपद् जोखिमलाई न्यूनिकरण गर्न आवश्यक पूर्वतयारी, स्रोत साधनको व्यवस्थापन तथा विभिन्न निकायबीच प्रभावकारी समन्वयका विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो ।
विपद् आउनुअघि नै तयारी सुदृढ गर्ने र तत्काल प्रतिक्रिया क्षमतालाई मजबुत बनाउने विषयमा जोड दिइएको जनाइएको छ। त्यसैगरी, सीमाक्षेत्रमा बढ्दो अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्तीलाई थप कडा बनाउने निर्णय गरिएको छ । तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइएको र निगरानी प्रणालीलाई थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।
सरकारले सुरक्षा र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै समन्वयात्मक ढंगले अघि बढ्ने संकेत दिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


