Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विमानस्थलको सास्ती अन्त्य गर्न गृहमन्त्री गुरुङको आकस्मिक अनुगमन


ग्लोबल पाना
बिहीबार , चैत १९ २०८२
  • 444
    SHARES

  • images
    विमानस्थलको सास्ती अन्त्य गर्न गृहमन्त्री गुरुङको आकस्मिक अनुगमन

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ । पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उहाँ साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल पुग्नुभएको हो। सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्कनुभएको बताइएको छ । अनुगमनका क्रममा उहाँले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

    images
    images
    images

    विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यस्तो गुनासो दोहोरिन नदिन सचेत गराउनुभएको छ ।

    साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन पनि उहाँले निर्देशन दिनुभएको छ । गृहमन्त्री गुरुङको यस कदमलाई विमानस्थल सेवामा सुधार ल्याउने प्रयासका रूपमा हेरिएको छ ।

    #Homeminister #sudangurung 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ