Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रसुवाको आमाछोदिङ्मोमा स्थानिय परिकार सम्बन्धि कुक तालिम सम्पन्न


ग्लोबल पाना
सोमबार, चैत २३ २०८२
  • 409
    SHARES

  • images
    रसुवाको आमाछोदिङ्मोमा स्थानिय परिकार सम्बन्धि कुक तालिम सम्पन्न

    रसुवा । रसुवा जिल्लाको अमाछोदिङ्मो गाउँपालिका- ५ पुरानो तातोपानीमा ३ दिने ग्रामीण होमस्टे प्रवर्धनको लागि स्थानिय परिकार निर्माण सम्बन्धि कुक तालिम आइतबार सम्पन्न गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाको आयोजना तथा एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष बुचुङ तामाङले प्राकृतिक सुन्दरता, कृषि र हाईड्रो पर्यटनको प्रचुर सम्भावना रहेको श्रोत र साधनले सम्पन्न यो गाउँपालिकाको पर्यटन विकासमा गाउँपालिका- ५ पुरानो तातोपानीमा ३ दिने ग्रामीण होमस्टे प्रवर्धनको लागि स्थानिय परिकार निर्माण सम्बन्धि कुक तालिम तथा आतिथ्यता सत्कार तालिमले सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नु भयो । तालिममा सहभागीहरुलाई यो सिकेको सीप र ज्ञानलाई व्यवहारमा उतारेर उपचार पद्धतिमा प्रयोग हुँदै आएको चिलिमे तातोपानी एरियाको पर्यटन विकासमा सहभागी हुन समेत प्रमुख तामाङले आग्रह गर्नु भयो ।

    कार्यक्रमका सभाध्यक्ष तथा वडाअध्यक्ष दावा गोम्बो तामाङले सामाजिक विकास सिकेको सीप व्यवहारमा उतार्न आग्रह गरे । आफूसँग भएका कच्चा पदार्थलाई स्थानीय सीप र श्रमको प्रयोग गरी उत्पादन गरिएका उपभोग्य वस्तुहरुको उपभोग गर्ने सोचको विकास हुनु पर्ने धारणा ब्यक्त गर्नुभएको थियो । त्यसैगरी तालिममा उत्सुकतापूर्वक सहभागिता जनाएका प्रशिक्षार्थीहरुले तालिमको आयोजना गरेर आफूहरुलाई एउटा आर्थिक विकासको विकल्प देखाईएको र यो तामिललाई आफूहरुलाई होमस्टे सञ्चालन गरेर आयआर्जन गर्ने अवसर मिलेको प्रतिकृया ब्यक्त गरेका थिए ।

    डा. अलखबाबु (आलोक) प्रसाईद्वारा होमस्टे पर्यटनको सैद्धान्तिक प्रशिक्षण दिईएको उक्त तालिममा दुई दर्जनभन्दा बढी होमस्टेकर्मी तथा होटल व्यवसायीहरुको सहभागी रहेको थियो । त्यसैगरी चर्चित युवा सेफ बिजय घिमिरेद्वारा स्थानीय खाद्य उत्पादनलाई खानाका विभिन्न परिकार बनाउन सकिने सीप सिकाएको उक्त तालिममा एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका निर्देशक राजेन्द्रप्रसाद त्रिपाठीले होमस्टे पर्यटनको बजारीकरणसम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ