Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

टोखाको एशिया प्यासिफिक विद्यालयमा भागवत सप्ताह हुने, भागवतमञ्जरी राधिका दासीले कथावाचन गर्ने


ग्लोबल पाना
मंगलबार, चैत २४ २०८२
  • 216
    SHARES

  • images
    टोखाको एशिया प्यासिफिक विद्यालयमा भागवत सप्ताह हुने, भागवतमञ्जरी राधिका दासीले कथावाचन गर्ने

    काठमाडौं । अनाथ असाहय बालबालिकाको आवास निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । हाम्रो बाल संरक्षण धरोहर नेपालको आयोजनामा आगामी चैत २७ गतेदेखि बैशाख ३ गतेसम्म टोखा नगरपालिका–६ स्थिती एशिया प्यासिफिक विद्यालय प्राङ्गणमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।

    images
    images
    images

    विगत १७ वर्षदेखि अनाथ र असाहय बालबालिका संरक्षण र सम्बद्र्धन गर्दै आएको हाम्रो बाल संरक्षण धरोहर नेपालको क्रमिक संरक्षण गरी अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक रमेश घिमिरेले जानकारी दिनुभयो । उक्त महायज्ञमा विश्व प्रसिद्ध भागवत मञ्जरी माता राधिका दासीले भागवत कथा पाठ गर्ने कार्यक्रम रहेको छ ।

    चैत २७ गते कलश यात्रा र मण्डप पुजा, चैत २८ गते झाँकी लिला, चैत २९,३० र बैशाख १ गते प्रवचन, वैशाख २ गते लाखबत्ती प्रज्वलन र बैशाख ३ गते पुजापाठसँगै पाठपारायण गरी समापन हुनेछ । उक्त महायज्ञका अवसरमा वृहद रक्तदान तथा विहान ५ बजदेखि ६.३० बजेसम्म योग, ध्यानको कार्यक्रम रहेको संयोजक घिमिरेले बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ