Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पशु कल्याण नीति कार्यान्वयन र नीतिगत सुदृढीकरणमा जोड : FAWN र कृषि मन्त्री चौधरीबीच छलफल


ग्लोबल पाना
बिहीबार , चैत २६ २०८२
  • 479
    SHARES

  • images
    पशु कल्याण नीति कार्यान्वयन र नीतिगत सुदृढीकरणमा जोड : FAWN र कृषि मन्त्री चौधरीबीच छलफल

    काठमाडौं । नेपाल पशु कल्याण संघ (FAWN) का पदाधिकारीहरूले कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीसँग शिष्टाचार भेट गरी छलफल गरेका छन् । भेटका क्रममा नेपाल पशु कल्याण संघले मन्त्री चौधरीलाई नयाँ जिम्मेवारीमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल, प्रभावकारी र दूरदर्शी कार्यकालको शुभकामना व्यक्त समेत गरेको थियो ।

    images
    images
    images

    सो अवसरमा पशु कल्याणको वर्तमान अवस्था, विद्यमान चुनौतीहरू तथा सुधारका सम्भावित उपायहरूबारे विस्तृत र अर्थपूर्ण छलफल भएको थियो । विशेषगरी पशु कल्याण नीतिको प्रभावकारी कार्यान्वयन, कानुनी तथा नीतिगत संरचनालाई थप सुदृढ बनाउने तथा पशुपन्छीप्रति मानवीय व्यवहार सुनिश्चित गर्ने विषयमा गहन छलफल गरिएको FAWN का पदाधिकारीले बताएका छन् ।

    नेपाल पशु कल्याण संघ (FAWN) ले पशु कल्याणका लागि स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन संयन्त्र तथा नियमित अनुगमन प्रणाली अत्यावश्यक रहेको औंल्याएको छ । साथै, सरकारी निकाय र सरोकारवाला संस्थाबीच सहकार्य विस्तार गर्दै जनचेतना अभिवृद्धि गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।

    मन्त्रालय र पशु कल्याण संघबीच भविष्यमा संयुक्त कार्यक्रम, नीति सुधार तथा प्राविधिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा सकारात्मक समझदारी भएको बताइएको छ । मन्त्रीसँगको उक्त भेटलाई पशु कल्याण क्षेत्रको नीति तथा कार्यान्वयनलाई प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ । यसलाई यस क्षेत्रको सुधारतर्फको सकारात्मक पहलका रूपमा समेत हेरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ