चितवन । भरतपुरस्थित भाट-भटेनी सुपर स्टोर आगामी चैत्र २७ गते, शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्टोर व्यवस्थापनले जानकारी दिएअनुसार सोही दिनदेखि सुपर स्टोर बिहान १०:०० बजेबाट नियमित रूपमा दैनिक सेवा प्रदान गर्नेछ ।
ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको व्यवस्थापनले जनाएको छ। पुनः सञ्चालनसँगै उपभोक्तालाई सहज, व्यवस्थित र स्तरीय सेवा दिने लक्ष्य लिइएको छ ।
यस अवसरमा स्टोरले सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाप्रति निरन्तर साथ, सहयोग र विश्वासका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको छ । भरतपुरस्थित भाट-भटेनी सुपर स्टोर लामो समयपछि पुनः सञ्चालनमा आउँदा स्थानीय उपभोक्तामा उत्साह थपिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


