काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत साहित्य (मातृभाषा) विभागले आयोजना गरेको ‘३० औँ मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श)’ कार्यक्रममा बराम भाषा संरक्षणको विषयले विशेष प्राथमिकता पाएको छ । शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा किरण बराम ले बराम भाषासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै भाषाको अवस्था, चुनौती र सम्भावनाबारे प्रकाश पारे । उनले बराम समुदायको लोकजीवन, भेषभूषा, चाडपर्व तथा सामाजिक संरचना भाषिक पहिचानसँग गहिरो रूपमा जोडिएको उल्लेख गरे। उनका अनुसार बराम समुदाय देशका विभिन्न जिल्लामा फैलिएको भए पनि गोरखा जिल्ला मा यसको बाक्लो बसोबास रहेको छ ।
तर बराम भाषा अझैसम्म सरकारी पाठ्यक्रममा समावेश हुन नसकेको उनले बताए । कार्यक्रममा सहभागीहरूले बराम भाषाजस्ता लोपोन्मुख मातृभाषाको संरक्षणका लागि नीतिगत तथा संस्थागत सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्। मातृभाषामा लेखन, प्रकाशन र अध्ययन–अध्यापन विस्तार नगरे भाषिक विविधता संकटमा पर्ने चेतावनी पनि दिइएको थियो ।
सिर्जना, संवाद र विमर्शमार्फत सम्पन्न उक्त कार्यक्रममा मातृभाषा साहित्यको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे छलफल गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले भाषिक संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


