Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मातृभाषा श्रृङ्खलामा रानाथारु भाषा केन्द्रमा, संरक्षणमा चासो बढ्दो


ग्लोबल पाना
शनिबार, चैत २८ २०८२
  • 223
    SHARES

  • images
    मातृभाषा श्रृङ्खलामा रानाथारु भाषा केन्द्रमा, संरक्षणमा चासो बढ्दो

    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान को आयोजनामा सम्पन्न ‘३० औँ मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श)’ कार्यक्रममा रानाथारु भाषा, संस्कृति र समुदायको संरक्षणमा विशेष जोड दिइएको छ । शुक्रबार कमलादीस्थित प्रतिष्ठानमा आयोजित कार्यक्रममा रानाथारु समुदायका विषयमा प्रस्तुत कार्यपत्रले सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो ।

    images
    images
    images

    कार्यक्रममा पदम रानाले रानाथारु भाषासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सुदूरपश्चिमका कैलाली–कञ्चनपुर क्षेत्रमा बसोबास गर्ने रानाथारु समुदायको ऐतिहासिक पृष्ठभूमि, जीवनशैली तथा कृषि आधारित पेशाबारे विस्तृत जानकारी दिएका थिए । उनले रानाथारु समुदायको करिब ९७ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको उल्लेख गर्दै उनीहरूको जीवनशैली भूमि र परम्परासँग गहिरो रूपमा जोडिएको बताए ।

    उनका अनुसार रानाथारु भाषा र संस्कृतिको संरक्षणका लागि राज्यस्तरबाट थप नीतिगत पहल आवश्यक रहेको छ । उनले भाषा संरक्षणसँगै सांस्कृतिक पहिचान जोगाउन शिक्षा, अनुसन्धान र प्रकाशनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा सहभागी प्राज्ञ, साहित्यकार तथा अनुसन्धानकर्ताहरूले पनि रानाथारु जस्ता अल्पसंख्यक भाषाहरू संरक्षणका लागि संस्थागत सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए ।

    मातृभाषामा आधारित यस्ता विमर्शले भाषिक विविधताको जगेर्ना मात्र नभई समुदायको पहिचान सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो । उक्त श्रृङ्खलामा विभिन्न मातृभाषामा कविता वाचन, संवाद तथा विमर्श कार्यक्रमसमेत आयोजना गरिएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले लोपोन्मुख भाषाहरूको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ