काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत साहित्य (मातृभाषा) विभागको आयोजनामा सम्पन्न ‘३० औँ मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श)’ कार्यक्रममा अछामी भाषाका कवि प्रदीप जैसी ले आफ्नो सशक्त प्रस्तुति मार्फत विशेष ध्यान आकर्षित गरेका छन् । शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ‘तीन कवि, तीन भाषा’ शीर्षकअन्तर्गत प्रदीप जैसी ले अछामी भाषामा कविता वाचन गर्दै सुदूरपश्चिमको मौलिक भाषा, संस्कृति र पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए । उनको कविताले स्थानीय भाषाको संवेदनशीलता, जनजीवन र सांस्कृतिक गहिराइलाई उजागर गरेको सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा मातृभाषा साहित्यको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा यस्ता सिर्जनात्मक अभिव्यक्तिहरूको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरिएको थियो । विशेषगरी प्रदीप जैसी जस्ता स्रष्टाहरूको सक्रिय सहभागिताले ओझेलमा परिरहेका भाषाहरूलाई पुनर्जीवन दिन मद्दत पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रमका सभाध्यक्ष प्राज्ञ राजन मुकारुङ ले मातृभाषामा सिर्जना र प्रकाशनलाई प्रोत्साहन दिन नीतिगत र संस्थागत सहयोग अपरिहार्य रहेको बताए । कार्यक्रममा प्राज्ञ, साहित्यकार, अनुसन्धानकर्ता तथा भाषा–संस्कृतिप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानले यस्ता श्रृङ्खलामार्फत मातृभाषा साहित्यको संरक्षण र विकासमा निरन्तर योगदान दिँदै आएको छ । सहभागीहरूले यस्ता कार्यक्रमले भाषिक विविधताको संरक्षण र भावी पुस्तामा हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


