दाङ । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिला नभै महाधिवेशनको तयारीमा लाग्न पुर्व संस्थापन पक्षधरलाई आग्रह गरेका छन् । निर्वाचन समीक्षाका क्रममा दाङ पुगेका महामन्त्री पौडेलले महाधिवेशनले सबैलाई समेट्ने भन्दै असन्तुष्टिको विषयलाई समेत महाधिवेशनमै लिएर जान आग्रह गरे ।
'यो समय मुद्दा मामिलाको हैन, महाधिवेशनको हो,' उनले भने,' महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया नै अघि बढिसकेको अवस्थामा यसमा सहभागी भएर आफ्नो विषय राख्नुमै सबैको हित छ । म साथीहरुलाई अदालततिर मुद्दामामिला हैन महाधिवेशनमै ध्यान केन्द्रीत गर्न आग्रह गर्छु ।'
महामन्त्री पौडेलले महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै यसैले काङ्ग्रेसमा नयाँ उर्जा र गति दिने बताए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


