काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज गर्न लागिएको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमार्फत् स्पष्ट पार्दै क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गर्न लागिएको बताएका हुन् ।
महामन्त्री पौडेलका अनुसार अद्यावधिक गरिएको क्रियाशील सदस्यताले पार्टीलाई गाउँगाउँसम्म थप सुदृढ रूपमा जोड्नेछ । उनले समर्पित कार्यकर्ताहरूको नवीकरण प्रक्रियाले संगठनलाई थप जिम्मेवार र मजबुत बनाउने विश्वास व्यक्त गरे। विगतमा देखिएका त्रुटिहरू हटाउन यसपटक प्राविधिक पक्षमा विशेष ध्यान दिइएको उनले बताए ।
परिस्कृत प्रणालीमार्फत सदस्यता अद्यावधिक गर्दा विगतमा देखिएका समस्या र अन्योल हट्ने उनको दाबी छ । उनले भोलिदेखि नै सम्पूर्ण क्रियाशील सदस्यहरूलाई सदस्यता अद्यावधिक गर्न आग्रह गर्दै कांग्रेसप्रति आस्था राख्ने शुभेच्छुकहरूलाई समेत क्रियाशील सदस्यता लिन आह्वान गरेका छन् । महामन्त्री पौडेलले पार्टीलाई अझ सशक्त बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै ‘जय नेपाल’ सन्देश दिएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


