Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दमकमा अन्तरास्ट्रिय स्तरको 'खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव' हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै


ग्लोबल पाना
बिहीबार , वैशाख १० २०८३
  • 280
    SHARES

  • images
    दमकमा अन्तरास्ट्रिय स्तरको  'खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव' हुदै, विश्वका  ४५ देशका सेफ दमक आउदै

    दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली खानपानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ झापाको दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ आयोजना हुने भएको छ । बुधबार दमकमा आयोजित एक पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाहरूले आगामी २०८३ साल जेठ १ र २ गते सो कार्यक्रम सञ्चालन हुने जानकारी दिएका हुन् ।

    images
    images
    images

    नेपाली सेफ सोसाइटी, इन्टरनेशनल सेफ सोसाइटी, र युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । "नेपाली खानाको स्तर उन्नतिका लागि हाम्रो अभियान" पत्रकार सम्मेलनमा बोल्दै आयोजक इन्टरनेशनल सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीले नेपाली मौलिक स्वादलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र स्थानीय पर्यटनलाई टेवा पुर्‍याउन यो महोत्सव कोसेढुङ्गा सावित हुने बताए ।

    कार्यक्रमको मूल नारा "नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तर उन्नतिका लागि हाम्रो अभियान" तय गरिएको वहाँको भनाइ छ । दुई दिनसम्म चल्ने यस महोत्सवमा विभिन्न परिकारका स्टलहरू राखिनुका साथै उत्कृष्ट सेफहरूलाई पुरस्कृत समेत गरिने इन्टरनेशनल सेफ सोसाइटीका महासचिब दिपक कार्कीले बताउनु भयो ।

    यहाँ बिस्वका बिभिन्न देशमा रहेका नेपाली सेफहरु दमक आउनेक्रम सुरु भएको छ । अन्तर्राष्ट्रिय सेफहरु समेत कार्यक्रममा आउने जनाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ