काठमाडौं । युवा राजनीतिज्ञ तथा सामाजिक अभियान्ता संचारकर्मी ललन राउत बरै राष्ट्रिय सेवा सम्मान–२०८३ बाट सम्मानित भएका छन । शनिबार फोकस नेपाल संस्थाद्वारा नेपाल पुलिस क्लबमा नयाँ बर्ष २०८३ को शुभ अवसरमा आयोजित शान्ति, सहमति र सहकार्य राष्ट्रका निम्ति अपरिहार्य भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाकी उपाध्यक्ष लीला कुमारी भण्डारीले भव्य समारोहका बीच ललन राउत बरैलाई सम्मान गर्नु भएको हो ।
सामाजिक कार्यमा समेत सक्रिय सम्मानित ललन राउत पत्रकारिताको माध्यमबाट विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको सवाल तथा आवाजलाई उठाउँदै क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका छन ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


