Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पाककलाको पहिचान उकास्दै सेफ दिपक कार्की ‘स्टार ग्रान्ड मास्टर सेफ अवार्ड’बाट सम्मानित


ग्लोबल पाना
मंगलबार, वैशाख २२ २०८३
  • 263
    SHARES

  • images
    अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पाककलाको पहिचान उकास्दै सेफ दिपक कार्की ‘स्टार ग्रान्ड मास्टर सेफ अवार्ड’बाट सम्मानित

    काठमाडौ ।  इन्टरनेशनल नेप्लिज सेफ सोसाइटीका केन्द्रीय महासचिव दिपक कार्की ‘ स्टार ग्रान्ड मास्टर सेफ अवार्ड’ बाट सम्मानित सम्मानित भएका छन्। नेपाली पाककलालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका झापाली सेफ दिपक कार्की भारतमा आयोजित प्रतिष्ठित ‘Star Grand Master Chef Award’ बाट सम्मानित हुनुभएको छ । इन्टरनेशनल नेप्लिज सेफ सोसाइटी (INCS) का केन्द्रीय महासचिव समेत रहनुभएका कार्कीलाई पाककला क्षेत्रमा देखाएको उत्कृष्टता, नवीनता र समर्पणको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

    images
    images
    images

    भारतमा सम्पन्न भव्य समारोहबीच प्राप्त यो अवार्डले कार्कीको व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण नेपाली सेफ समुदायको प्रतिष्ठा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत बनाएको इन्टरनेशनल नेप्लिज सेफ सोसाइटी (INCS) का उपाध्यक्ष मास्टर सेफ डा.साइकुमार शर्माले बताउनु भयो ।

    नेपाली स्वादलाई विश्वसामु चिनाउने अभियान सेफ कार्कीले लामो समयदेखि नेपाली परिकारको मौलिकता, परम्परा र स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आउनुभएको छ । उहाँको सिर्जनशीलता, अनुशासन र निरन्तर मेहनतका कारण नेपाली पाककलाले विश्व बजारमा विशेष स्थान बनाउन थालेको छ ।

    क्यानडा लगायतका मुलुकमा उहाँले कार्य गर्नु भएको छ । उहाँको यस उपलब्धिले नेपाली युवाहरूलाई पाककला क्षेत्रमा करियर निर्माण गर्न प्रेरणा दिने विश्वास गरिएको छ । साथै, पर्यटन प्रवर्द्धनमा समेत नेपाली खानाको भूमिका थप सशक्त बन्ने अपेक्षा गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ