काठमाडौं । सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा रहेका अटिजम तथा सुस्त मनस्थिति भएका बालबालिकालाई लायन्स क्लव इन्टरनेसनल अन्तर्गतका लायन्स क्लव अफ काठमाडौ रक्तदाता समूह र लायन्स क्लव अफ काठमाडौँ गोल्डेन हार्टको संयुक्त आयोजनामा खाद्यान्न, फलफूल, लत्ताकपडा तथा आरामदायी मेच सहयोग गरेको बताइएको छ । सामाजिक सेवाको उद्देश्यसहित आयोजित कार्यक्रममा केन्द्रमा रहेका २० जना अटिजम तथा सुस्त मनस्थिति भएका बालबालिका लाभान्वित भएका छन् ।
कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूले केन्द्रमै पुगेर दाल, चामल, चिनी, तेल, मसला लगायत दैनिक उपभोग्य सामग्री, लत्ताकपडा तथा बालबालिकालाई बस्न सहज हुने कम्फर्टेबल मेच हस्तान्तरण गरेका थिए । साथै वातावरण संरक्षणको सन्देश दिँदै वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरिएको थियो । कार्यक्रमका क्रममा बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरूको स्वास्थ्य, शिक्षा तथा दैनिक आवश्यकताबारे जानकारी लिइएको थियो ।
विनय त्रिपाठीले यस्ता सहयोगमूलक कार्यक्रमले समाजमा मानवीय भावना, सहकार्य र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्ने बताए । उनले क्लबले विगतदेखि नै विभिन्न सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । त्यस्तै राप्रसाद सापकोटाले विशेष आवश्यकता भएका बालबालिकाको संरक्षण र हेरचाहमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे । उनले सामाजिक संघसंस्थाले यस्ता केन्द्रहरूसँग सहकार्य गर्दै सहयोगका कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रकाश खत्री, दिलिपराज गिरी, जीवन भट्टराई, केदारप्रसाद नयौपाने, चक्रबहादुर न्यौपाने, अमरबहादुर विनय, किशोर खड्का, सुशीला चौलागाईँ तथा शर्मिला केसीलगायतको सहभागिता रहेको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


