Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा १५ प्रतिशत छुट


ग्लोबल पाना
मंगलबार, वैशाख २९ २०८३
  • 38
    SHARES

  • images
    नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा १५ प्रतिशत छुट

    काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड र ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि हस्पिटल प्रा.लि. बिच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। २०८३ वैशाख २४ गते आयोजित एक कार्यक्रमका बिच दुई संस्थाबीच स्वास्थ्य सेवामा सहुलियत दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो।

    images
    images
    images

    सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूले बि एण्ड बि हस्पिटलमा उपचार गराउँदा अस्पतालले तोकेका विभिन्न सेवाहरूमा बिल रकमको १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। यो सुविधा प्राप्त गर्नका लागि सेवाग्राहीले उपचार शुल्कको भुक्तानी नेपाल बैंकको डिजिटल बैंकिङ एप (मोबाइल बैंकिङ) मार्फत गर्नुपर्ने प्रावधान राखिएको छ।

    सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र बि एण्ड बि हस्पिटलको तर्फबाट प्रशासन प्रमुख प्रकाश कुमार भट्टराईले हस्ताक्षर गर्नुभयो। यस सहकार्यबाट बैंकसँग आबद्ध २७ लाखभन्दा बढी ग्राहक र कर्मचारीहरूले गुणस्तरीय स्वास्थ्य सेवा सहुलियतपूर्ण दरमा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ।

    नेपालभर २३१ शाखा, २४६ एटीएम र ६१ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको नेपाल बैंकले पछिल्लो समय प्रविधि र ग्राहक सेवामा व्यापक सुधार गर्दै लगेको छ। दक्ष व्यवस्थापन र युवा जनशक्तिको परिचालनमार्फत बैंकले आधुनिक बैंकिङ सेवालाई आम नेपालीको पहुँचमा पुर्‍याइरहेको छ। स्वास्थ्य संस्थासँगको यो पछिल्लो समन्वयले बैंकको सामाजिक उत्तरदायित्व र ग्राहकप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ