काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौँ (CIL Kathmandu) ले वैशाख १८ गते काठामाडौं महानगरपालिका सामाजिक विकास विभागको सहयोगमा काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार तथा स्वतन्त्र जीवन अवधारणा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
सो कार्यक्रममा आयोजक संस्था स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौँ (CIL Kathmandu) का अध्यक्ष टेक बहादुर गुरुङले सबै सहभागीहरूलाई स्वागत गर्दै अपाङ्गता भएका व्यक्तिहरूले मानव अधिकार तथा स्वतन्त्र जीवनका विषयमा ज्ञान हासिल गर्न आवश्यक रहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले पनि आफ्नो अधिकारका विषयमा जानकार हुनु पर्ने र यसको सही उपयोग गर्न पाउनु पर्ने बताउनु भयो ।
साथै उहाँले मानव अधिकारका विषयमा अन्य नागरिकहरू जस्तै अपाङ्गता भएका व्यक्तिहरू पनि सचेत हुनु पर्ने भएकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि एक दिने अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार तथा स्वतन्त्र जीवन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उक्त एक दिने अभिमुखीकरण कार्यक्रममा काठामाडौं महानगरपालिका सामाजिक विकास विभागकी अधिकृत भवानी कपालीले अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवनपद्धति केन्द्र काठमाडौँ (CIL Kathmandu) ले अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरेको मानव अधिकार तथा स्वतन्त्र जीवन अवधारणा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम अति नै प्रभावकारी रहेको भन्दै यस विषयमा सबैले जानकारी लिन आवश्यक रहेको बताउनु भयो ।
साथै उहाँले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवनपद्धति केन्द्र काठमाडौँले (CIL Kathmandu) सँग सहकार्य गरेर अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्न सकिने बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौँ (CIL Kathmandu) ले काठामाडौं महानगरपालिका सामाजिक विकास विभागको सहयोगमा काठमाडौँमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार तथा स्वतन्त्र जीवन अवधारणा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा अपाङ्गता विज्ञ तथा अपाङ्गता अधिकारकर्मी मनिष प्रसाईँले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।
यसै क्रममा उहाँले स्वावलम्बन जीवन पद्धति र स्वतन्त्र जीवनका विषयमा प्रस्तुतीकरण पनि गर्नु भयो । उक्त प्रस्तुतीकरणका क्रममा उहाँले मानव अधिकारको विषयमा जानकारी दिँदै स्वतन्त्रता र समानता, विभेदबाट मुक्ति, बाच्न पाउने अधिकार, शिक्षा लिन पाउने अधिकार, न्यायमा पहुँच, कानुनको अगाडी सबै समान, दासत्वबाट मुक्ति लगायतका सबै विषयहरू मानव अधिकार भित्र पर्ने बताउनु भयो । साथै उहाँले मानव अधिकारका विषयमा अध्ययन अनुसन्धान गर्ने व्यक्तिहरूका विषयमा पनि जानकारी गराउनु भएको थियो । यस कार्यक्रममा सहभागी उचाइ सम्बन्धी अपाङ्गता भएका व्यक्ति ज्याक गुरुङले आफू उचाइ सम्बन्धी अपाङ्गता हुँदा भोग्न परेका चुनौतीहरूको अनुभव सुनाउँदै पहिलाको तुलनामा पछिल्लो चरणमा अपाङ्गता भएका व्यक्तिहरू प्रति समाजको सकारात्मक सोचको विकास भएको बताउनु भयो ।
त्यसै गरी दृष्टिविहीन अपाङ्गता एवं यौनिक तथा अल्पसङ्ख्यक व्यक्ति प्रतीक्षा चापागाईँले समाजमा अपाङ्गता भएका व्यक्तिहरूका लागि गरिने नकारात्मक व्यवहार, भोगाई, चुनौती व्यापार रहेको भन्दै सार्वजनिक सेवा सुविधा लिने क्रममा पनि अपाङ्गताकै कारण समस्या रहेको बताउनु भयो । उक्त कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका महिला र पुरुष गरी ४० जनाको सहभागिता रहेको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


