Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

‘विहेवारी २० वर्षपारी’ अभियान : राज्यलाई दबाब दिन सिजपको पहल


ग्लोबल पाना
बुधबार, वैशाख ३० २०८३
  • 404
    SHARES

  • images
    ‘विहेवारी २० वर्षपारी’ अभियान : राज्यलाई दबाब दिन सिजपको पहल

    ललितपुर । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजनामा ‘विहेवारी २० वर्षपारी’ अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चारकर्मीहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । बखुण्डोलस्थित शाङ्ग्रिला ब्लु होटलमा आयोजित कार्यक्रममा बालविवाह न्यूनीकरण, कानुनी व्यवस्था र जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले बालविवाह अझै पनि विभिन्न समुदायमा विद्यमान चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए ।

    images
    images
    images

    कार्यक्रमको सहजीकरण सिजोपका महासचिव राजु घिमिरेले गरेका थिए । सिजाेपका अध्यक्ष तिलोत्तम पौडेलले ‘विहेवारी २० वर्षपारी’ अभियानलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउनु अहिलेको प्रमुख आवश्यकता भएको बताए । उनले बालविवाह अझै पनि सामाजिक परम्परा, अशिक्षा, आर्थिक अवस्था र सचेतनाको अभावका कारण कायम रहेको उल्लेख गर्दै यसलाई अन्त्य गर्न राज्य, सञ्चारमाध्यम, नागरिक समाज र समुदायबीच समन्वय अपरिहार्य रहेको धारणा राखे । उनका अनुसार २० वर्षभन्दा कम उमेरमा हुने विवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने भएकाले ‘विहेवारी २० वर्षपारी’ अभियानलाई व्यापक रूपमा विस्तार गर्नुपर्ने आवश्यकता छ । “यो अभियान केवल कानुनी विषय मात्र नभई सामाजिक रूपान्तरणसँग जोडिएको मुद्दा हो,” उनले भने, “यसलाई सफल बनाउन सबै पक्षको साझा प्रतिबद्धता र सक्रियता जरुरी छ ।”

    अध्यक्ष पौडेलले सञ्चारकर्मीहरूलाई तथ्यमा आधारित सामग्री प्रकाशन तथा प्रसारणमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गर्दै अभियानलाई जनस्तरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

    कार्यक्रममा पूर्व कार्यकारी निर्देशक, केन्द्रीय बालकल्याण समितिका तारक धितालले प्रस्तुतीकरण गर्दै बालअधिकारको अवस्था, विवाहको न्यूनतम उमेर २० वर्ष कायम गर्नुका कारण, बालविवाहसँग जोडिएका समस्या, यसको सामाजिक तथा स्वास्थ्यगत असर, विद्यमान चुनौती र सम्भावित समाधानका उपायबारे विस्तृत रूपमा प्रकाश पारे ।

    कार्यक्रममा बालअधिकार संरक्षण र सामाजिक व्यवहार परिवर्तनमा सञ्चारकर्मीहरूको सक्रिय भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो । साथै, सहभागी सञ्चारकर्मीहरूले ‘विहेवारी २० वर्षपारी’ अभियानलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउन सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    कार्यक्रममा उठाइएका विषयवस्तु र निष्कर्षहरूले बालविवाह अन्त्यका लागि ‘विवाह २० वर्षपारी’ अभियानलाई अझ सशक्त बनाउँदै कानुनी कार्यान्वयन र जनचेतना विस्तारमा सबै पक्षको समन्वय अपरिहार्य रहेको सन्देश दिएको छ। यसका साथै, यस्ता गम्भीर सामाजिक विकृतिप्रति राज्यको ध्यान अझै पर्याप्त रूपमा केन्द्रित हुन नसकेको भन्दै अब ढिलाइ सह्य नहुने आवाज कार्यक्रममा उठाइएको थियो। बालविवाह अन्त्यका लागि कडा कानुनी कार्यान्वयन, प्रभावकारी अनुगमन र जनस्तरमा रूपान्तरणकारी कार्यक्रम तुरुन्तै अघि बढाउन राज्यलाई दबाब दिने खालका धारणा सहभागीहरूले व्यक्त गरेका थिए ।

    कार्यक्रममा उठाइएका विषयवस्तु र निष्कर्षहरूले बालविवाह अन्त्यका लागि ‘विहेवारी २० वर्षपारी’ अभियानलाई अझ सशक्त बनाउँदै कानुनी कार्यान्वयन र जनचेतना विस्तारमा सबै पक्षको समन्वय अपरिहार्य रहेको सन्देश दिएको छ । यसका साथै, यस्ता गम्भीर सामाजिक विकृतिप्रति राज्यको ध्यान अझै पर्याप्त रूपमा केन्द्रित हुन नसकेको भन्दै अब ढिलाइ सह्य नहुने आवाज कार्यक्रममा उठाइएको थियो ।

    बालविवाह अन्त्यका लागि कडा कानुनी कार्यान्वयन, प्रभावकारी अनुगमन र जनस्तरमा रूपान्तरणकारी कार्यक्रम तुरुन्तै अघि बढाउन राज्यलाई दबाब दिने खालका धारणा सहभागीहरूले व्यक्त गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ