Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सभापति ढकालको नेतृत्वमा ‘नेपाल डे परेड २०२६’ सानफ्रान्सिस्कोमा ऐतिहासिक सफलता


ग्लोबल पाना
बिहीबार , वैशाख ३१ २०८३
  • 1,029
    SHARES

  • images
    सभापति ढकालको नेतृत्वमा ‘नेपाल डे परेड २०२६’ सानफ्रान्सिस्कोमा ऐतिहासिक सफलता

    काठमाडौं । NRNA California Chapter को विशेष आयोजना तथा आदीवासी जनजाति महासङ्घ लगायत विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा “नेपाल डे परेड २०२६” San Francisco मा भव्य रूपमा सम्पन्न भएको छ । विश्वकै सुन्दर तथा व्यस्त सहरमध्ये एक मानिने सानफ्रान्सिस्कोमा नेपाली कला, संस्कृति र देशभक्तिले सजिएको उक्त परेडले सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध बनाएको थियो ।

    images
    images
    images

    विभिन्न जातजातिका आकर्षक झाँकी, मौलिक संस्कृति, पञ्चेबाजा, नाचगान तथा नेपाली पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतीसहित सम्पन्न भएको नेपाल डे परेडमा करिब पाँच हजारभन्दा बढी नेपालीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । परेडका आयोजक NRNA CALIFORNIA Chapter सभापति केपी ढकाल ले कार्यक्रम अपेक्षाभन्दा धेरै सफल र ऐतिहासिक बनेको बताउनुभयो ।

    कार्यक्रममा Consulate General of Nepal in San Francisco प्रमुख लक्ष्मण खनाल, NRNA NCC का अध्यक्ष शतेन्द्र साह आदिवासी जनजातीयका महासचिव काजी लामा तथा Richmond city मेयर MARTINEZ EDUARD लगायतका व्यक्तित्वहरूको विशेष मन्तव्य तथा शुभकामना रहेको थियो । “आमाको मुख हेर्ने दिन” को अवसर पारेर आयोजित उक्त कार्यक्रममा विदेश भूमिमा रहेर पनि हजारौँ नेपालीहरूले नेपाली माया, नेपाली मन र मातृभूमिप्रतिको सम्मान प्रकट गर्दै चन्द्र–सूर्य अंकित नेपाली राष्ट्रिय झण्डा बोकेर सहभागिता जनाएका थिए ।

    सानफ्रान्सिस्कोजस्तो व्यस्त सहर नेपाली झण्डा, नेपाली भेषभूषा र सांस्कृतिक उत्साहले भरिपूर्ण बनेको दृश्य अत्यन्तै भावुक र गौरवपूर्ण देखिन्थ्यो। विभिन्न सांस्कृतिक नृत्य, गीत–संगीत तथा स्टेज प्रस्तुतिहरूले कार्यक्रमलाई अझ भव्य, सभ्य र ऐतिहासिक बनाएको थियो । नेपाल र नेपालीको पहिचान, एकता र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल यस नेपाल डे परेड २०२६ ले सम्पूर्ण नेपाली समुदायमा नयाँ उत्साह र गौरव थपेको आयोजकहरूको भनाइ रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ