Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच स्वास्थ्य सेवा प्रवाह सम्बन्धि सम्झौता


ग्लोबल पाना
शुक्रबार, जेठ १ २०८३
  • 216
    SHARES

  • images
    सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच स्वास्थ्य सेवा प्रवाह सम्बन्धि  सम्झौता

    काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) बीच २०८३ वैशाख ३१ मा स्वास्थ्य सेवा प्रवाह सम्बन्धि सम्झौता भएको छ। सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्री प्रेम प्रसाद आचार्य तथा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष एवं वरिष्ठ चिकित्सक भगवान कोइराला ले हस्ताक्षर गर्नुभएको हो।

    images
    images
    images

    यस सम्झौतासँगै सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबाट कोषअन्तर्गत आफ्ना सन्ततिहरुको लागि उपलब्ध स्वास्थ्य सेवा सुविधा प्राप्त गर्न सक्नेछन्। सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूले योगदानकर्तामैत्री स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय उपचारमा पहुँच अभिवृद्धि तथा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई देशभर सहज स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्न विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य विस्तार गर्दै आएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ