Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरूका लागि काठमाडौँमा ३ दिने वित्तीय साक्षरता सम्बन्धी तालिम


शनिबार, जेठ २ २०८३
  • 437
    SHARES

  • images
    मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरूका लागि  काठमाडौँमा  ३ दिने वित्तीय साक्षरता सम्बन्धी तालिम

    काठमाडौँ । मस्तिष्क पक्षाघात संघ नेपालको आयोजना तथा सामाजिक विकास कार्यालय बाग्मती प्रदेशको सहयोगमा काठमाडौँमा वैशाख ३० गते देखि जेठ १ गते सम्म ३ दिन मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरूका लागि ३ दिने वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरियो ।

    images
    images
    images

    तालिममा आयोजक संस्था मस्तिष्क पक्षाघात संघ नेपालका अध्यक्ष रवीन्द्र पन्तले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै वित्तीय साक्षरताका विषयमा जानकारी लिएर यसबाट आय- आर्जनका माध्यम अपनाइ जीवन यापनलाई सहज बनाउन सकिने हुँदा वित्तीय साक्षरताका विषयमा जानकारी दिने उद्देश्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि तालिम सञ्चालन गरिएको बताउनु भयो ।

    यस तालिमका क्रममा काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागकी अधिकृत भवानी कपालीले काठमाडौँ महानगरपालिकाले पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै हामीले आम्दानीको लागि स्रोत पत्ता लगाउनु पर्ने, आम्दानी अनुसारको बचत गर्नु पर्ने भन्दै यो वित्तीय साक्षरता तालिम अति नै उपयोगी रहेको भन्दै यस तालिममा सिकेका सीपहरूलाई सहभागीहरूले सही रूपमा उपयोग गर्न आग्रह गर्नु भयो ।

    त्यसै गरी बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालयकी महिला विकास अधिकृत चन्द्रकुमारी व्यञ्जनकारले बागमती प्रदेश सरकारले यहाँ रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न सीपमूलक कार्यक्रमहरू सञ्चालनका लागि अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूसँग समन्वय गरेर काम गरिरहेको भन्दै सहज जीवन यापनका लागि आय-आर्जन हुनु पर्ने, आय आर्जनबाट आएको रकमलाई बचत पनि गर्नु पर्ने कुरामा जोड दिँदै आय-आर्जनका लागि यो तालिम अति नै महत्त्वपूर्ण रहेको बताउनु भयो ।

    तालिमको पहिलो दिन लेखा प्राविधिक तथा लेखा परीक्षक आश्विन कुमार नाथले वित्तीय साक्षरताको विषयमा प्रस्तुतीकरण गर्नु भयो । यस प्रस्तुतीकरणका क्रममा उहाँले वित्तीय साक्षरताको परिचय दिँदै यसले व्यक्तिगत तथा पारिवारिक, आर्थिक व्यवस्थापन, आय आर्जन, बचत र लगानीको सम्बन्ध, यसको महत्त्व, वित्तीय अनुशासनका विषयमा जानकारी गराउनु भयो ।

    साथै उहाँले बचत, बचतको आवश्यकता, व्यवसाय तथा लगानीको आधार, आर्थिक सुरक्षा, आर्थिक आत्मनिर्भर, बचत गर्ने तरिका, बचतका माध्यमहरूका विषयमा प्रस्ट पार्नु भएको थियो । त्यसै गरी ग्लोबल IME सेक्युरिटी लिमिटेडका मुख्य कार्यकारी अधिकृत प्रविना पाण्डे र सहजकर्ता निकेशरत्न डङ्गोलले वित्तीय साक्षरता कार्यक्रम विषयमा प्रस्तुतीकरण गर्नु भयो ।

    यसमा उहाँहरूले वित्तीय साक्षरता कार्यक्रमको आवश्यकता यस अन्तर्गत खाद्यान्न, बासास्थान, शिक्षा, स्वास्थ्य, लत्ता कपडा लगाएका कुराहरू पर्ने भन्दै यसको आवश्यकता र चाहनाको विषयमा जानकारी गराउनु भयो । साथै उहाँहरूले बचत गर्नुका कारणहरू, लगानी तथा बचतका साधनहरु, सेयर स्टकका विषयमा पनि जानकारी गराउनु भएको थियो । उहाँले कम्पनीको पुँजीमा समान अनुपातको स्वामित्व, प्रतिनिधित्व गर्ने इकाईलाई शेयर भनिने र कुनै कम्पनीको सेयर स्वामित्व राख्ने व्यक्तिलाई सम्बन्धित कम्पनीको शेयर धनी भनिने बताउनु भयो ।

    साथै उहाँले पुँजी बजार, लगानी कसरी गर्ने, IPO भर्नका लागि बैक खाता, बैङ्क खाता, डिम्याट खाता, वित्तीय साक्षरता कार्यक्रम, मेरो शेयर, डिम्याट खातामा आइपिओ शेयर प्राप्त गर्ने प्रक्रिया, TMS खाता (Broker Account) Electronic Debit Instruction Slip लगायतका विषयमा जानकारी दिनु भएको थियो । मस्तिष्क पक्षाघात संघ नेपालले सामाजिक विकास कार्यालय बाग्मती प्रदेशको सहयोगमा काठमाडौँमा आयोजना गरेको ३ दिने वित्तीय साक्षरता सम्बन्धी तालिममा अपाङ्गता अधिकारकर्मी विमल बस्नेतले वित्तीय साक्षरताको विषयमा प्रस्ट पार्दै वित्तीय साक्षरतालाई आम्दानी, खर्च, बचत, लगानी र ऋण व्यवस्थापन गरी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

    त्यसै गरी अपाङ्गता अभियन्ता तथा सहजकर्ता तारा सिग्देलले अपाङ्गता भएका व्यक्तिहरूका लागि आम्दानी बढाउने उपायहरूका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यस प्रस्तुतीकरणका क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूका लागि आम्दानी बढाउने विभिन्न उपायहरूमा सीपमूलक तालिम, साना व्यवसाय सञ्चालन, कृषि तथा पशुपालन, डिजिटल सीप विकास, सहकारी तथा बचत समूह, उद्मशिलता विकास लगायतका विषय बस्तुहरू पर्ने बताउनु भयो । साथै उहाँले बचतलाई लगानी गर्नका लागि मुद्दती खाता खेल्न सकिने, सहकारी वा बचत समूहमा लगानी गर्ने, साना व्यवसायहरू सुरु गर्ने कुरामा जोड दिनु भएको थियो ।

    यसै क्रममा आयोजक संस्था मस्तिष्क पक्षाघात संघ नेपालका अध्यक्ष रवीन्द्र पन्तले आफ्नो व्यवसायलाई अगाडी बढाउनका लागि आफैले आफ्नो वेबसाइट बनाउन सकिने भन्दै उक्त वेबसाइट बनाउने तरिका पनि सिकाउनु भएको थियो । उक्त ३ दिने वित्तीय साक्षरता सम्बन्धीको तालिममा महिला र पुरुष गरी २० जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ