Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रशासकिय प्रमुख भट्टराईको अग्रसरतामा टोखाको ९९औँ हप्ताको सरसफाइ अभियान सम्पन्न


ग्लोबल पाना
आइतबार, जेठ ३ २०८३
  • 255
    SHARES

  • images
    प्रशासकिय प्रमुख भट्टराईको अग्रसरतामा टोखाको ९९औँ हप्ताको सरसफाइ अभियान सम्पन्न

    काठमाडौं । टोखा नगरपालिकाले नदी/नगर सरसफाई संरक्षण तथा सरसफाइलाई निरन्तर अभियानका रूपमा अघि बढाउँदै आएको छ । स्थानीय तहको नेतृत्व तहदेखि नै सक्रिय सहभागिता देखिन थालेपछि अभियानले औपचारिक कार्यक्रमको सीमाभन्दा बाहिर गई व्यवहारिक परिवर्तनको रूप लिँदै गएको छ ।

    images
    images
    images

    नगरपालिकाको नियमित कार्यपालिका निर्णयअनुसार सञ्चालन हुँदै आएको विष्णुमती नदी तथा आसपास क्षेत्रको सरसफाइ अभियान आज ९९ औँ हप्तामा प्रवेश गरेको छ । हरेक शनिबार सञ्चालन हुने यस अभियानले नदी किनार, सार्वजनिक स्थल तथा बस्ती आसपासको फोहोर व्यवस्थापन गर्दै वातावरणीय स्वच्छता कायम गर्ने उद्देश्य राखेको छ । आजको अभियान टोखा–११ वानियाँटार पुलवाट बाट प्रारम्भ गरिएको थियो । विभिन्न वडाहरू हुँदै अघि बढेको सरसफाइ कार्यक्रम गणेशथान मन्दिर परिसरमा पुगेर समापन गरिएको हो । अभियानका क्रममा नदी किनारमा थुप्रिएको फोहोर संकलन, प्लास्टिकजन्य सामग्री व्यवस्थापन तथा सार्वजनिक स्थानको सरसफाइमा विशेष ध्यान दिइएको थियो ।

    अभियानको विशेष पक्षका रूपमा प्रमुख प्रशासकिय अधिकृत कमल भट्टराईको निरन्तर उपस्थिति र सक्रिय सहभागिता देखिएको छ । भट्टराई प्रत्येक शनिबार स्वयं फिल्डमा उपस्थित भई फोहोर संकलन तथा व्यवस्थापन कार्यमा प्रत्यक्ष रूपमा संलग्न हुँदै आएका छन् । नेतृत्व तहबाट देखिएको यस्तो सक्रियताले कर्मचारी तथा स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

    स्थानीय तहका प्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा स्थानीयको संयुक्त सहभागितामा सञ्चालन हुँदै आएको यस अभियानले सरसफाइलाई केवल औपचारिक कार्यक्रम नभई सामूहिक जिम्मेवारीका रूपमा स्थापित गर्न योगदान पुर्‍याएको छ ।

    टोखा–११ का वडा सदस्य इश्वरी घिमिरेले कार्यक्रमकाे समापन गर्दै सहभागी सबैप्रति आभार व्यक्त गर्दै अभियानलाई अझ प्रभावकारी र निरन्तर रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ