काठमाडौं । नेपालको उद्योग, व्यापार, महिला उद्यमशीलता तथा व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएकी प्रतिष्ठित व्यक्तित्व उर्मिला श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित हुनुभएको छ । उहाँलाई विभिन्न सामाजिक, व्यावसायिक तथा राष्ट्र निर्माणका क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
हाल उहाँ नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ । उहाँको नेतृत्वमा व्यापार, महिला उद्यमशीलता, सामाजिक उत्तरदायित्व तथा राष्ट्रिय आर्थिक विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका छन् । व्यावसायिक क्षेत्रमा इमान्दारिता, अनुशासन र दूरदर्शी नेतृत्वका कारण उर्मिला श्रेष्ठ नेपाली निजी क्षेत्रको प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।
नेपालका सफल र सक्षम महिलाहरूको नाम उच्चारण गर्दा अग्रपङ्क्तिमा पर्ने व्यक्तित्वमध्ये उहाँ पनि एक हुनुहुन्छ । विशेषगरी महिला उद्यमीहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । साथै, महिला तथा पुरुष दुवैलाई क्षमताका आधारमा जिम्मेवार भई अघि बढ्न प्रेरित गर्दै आउनुभएको छ । व्यापारिक पृष्ठभूमि तथा प्राज्ञिक वातावरण बोकेको नेवार परिवारमा जन्मनुभएकी श्रेष्ठ बौद्धिकता एवं कर्मशीलताका कारण लोकप्रिय समेत हुनुहुन्छ । उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको निजी क्षेत्र, महिला उद्यमशीलता तथा व्यापार प्रवर्द्धनका निम्ति सक्रिय भूमिका खेल्दै आउनुभएको छ ।
सामाजिक सेवामा समेत उत्तिकै सक्रिय श्रेष्ठले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएको छ । उहाँको नेतृत्व र समर्पणले नेपाली निजी क्षेत्रलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ । प्रेरणादायी व्यक्तित्व उर्मिला श्रेष्ठ : संक्षिप्त जीवनी उर्मिला श्रेष्ठ नेपालको सफल महिला उद्यमी, कुशल व्यवस्थापक तथा सामाजिक व्यक्तित्व हुनुहुन्छ । व्यापार तथा उद्योग क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएकी श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्स की उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड की कार्यकारी प्रमुखको जिम्मेवारीमा रहनुभएको छ ।
नेपालको निजी क्षेत्रलाई सुदृढ बनाउने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा राष्ट्रिय आर्थिक विकासमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने विषयमा उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ । निजी-सार्वजनिक साझेदारीको भावनालाई वस्तुनिष्ठ ढङ्गले आत्मसात गर्दै सबल नेतृत्व प्रदान गर्ने विशेष क्षमता र कार्यदक्षताका कारण उहाँ आफूलाई सक्षम महिला नेतृत्वका रूपमा स्थापित गर्न सफल हुनुभएको छ । व्यवसायीहरूको हकहित, स्वरोजगार सिर्जना तथा उद्यमशीलताको वातावरण निर्माणमा उहाँको भूमिका उल्लेखनीय मानिन्छ ।
श्रेष्ठले व्यावसायिक क्षेत्रसँगै सामाजिक सेवामा पनि निरन्तर योगदान दिँदै आउनुभएको छ । शिक्षा, सामाजिक जागरण तथा मानवीय सेवासम्बन्धी विविध अभियानहरूमा उहाँको उल्लेखनीय सहभागिता रहँदै आएको छ । उहाँको नेतृत्व क्षमता, कार्यकुशलता, अनुशासन तथा राष्ट्रप्रतिको समर्पणका कारण उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आउनुभएको छ । “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” पनि उहाँको योगदानको कदरस्वरूप प्रदान गरिएको प्रतिष्ठित सम्मानका रूपमा हेरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


