Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भक्तपुरको भिलेज हाईल्याण्ड रिसोर्ट साटा २०२६ अवार्डका लागि मनोनयनमा


ग्लोबल पाना
आइतबार, जेठ ३ २०८३
  • 305
    SHARES

  • images
    भक्तपुरको भिलेज हाईल्याण्ड रिसोर्ट साटा २०२६ अवार्डका लागि मनोनयनमा

    काठमाडौं । South Asian Travel Awards का लागि नेपालबाट उल्लेखनीय उपस्थिति देखिएको छ। काठमाडौँ । भक्तपुरको रानीकोटस्थित भिलेज हाईल्याण्ड रिसोर्ट ‘साउथ एशियन ट्राभल अवार्ड्स (साटा) २०२६’ का लागि मनोनयनमा परेको छ । दक्षिण एशियाली पर्यटन तथा आतिथ्य क्षेत्रमा प्रतिष्ठित मानिने साटा अवार्डले हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन व्यवसायलाई सम्मान गर्दै आएको छ ।

    images
    images
    images

    यस वर्ष नेपालबाट भिलेज हाईल्याण्ड रिसोर्टको मनोनयनलाई नेपाली पर्यटन क्षेत्रकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। रिसोर्टका सञ्चालक रामसुन्दर बके का अनुसार अन्तर्राष्ट्रियस्तरको अवार्डमा नेपाली रिसोर्टको उपस्थिति बलियो बन्दै जानु नेपालको पर्यटन प्रवर्द्धन, आतिथ्य सेवा र अन्तर्राष्ट्रिय पहिचान विस्तारका दृष्टिले सकारात्मक संकेत हो । उनका अनुसार पछिल्ला वर्षहरूमा नेपाली पर्यटन उद्योगले गुणस्तरीय सेवा, प्राकृतिक अनुभव र सांस्कृतिक आतिथ्यलाई प्राथमिकतामा राख्दै विश्व बजारमा आफ्नो स्थान विस्तार गर्दै गएको छ ।

    रानीकोट स्थित रिसोर्ट भक्तपुरको सूर्यविनायक नगरपालिका–८ र काभ्रेको पनौती नगरपालिका–१ को संगमस्थलमा अवस्थित छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र पारिवारिक आतिथ्यका कारण रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय बन्दै गएको छ । यस मनोनयनले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो उपस्थिति र सम्भावनालाई थप उजागर गरेको सरोकारवालाहरूको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ