Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंमा जेठ २२ देखि ‘फिन इलेक्ट्रो–टेक २०२६’ आयोजना हुँदै, अन्तर्राष्ट्रिय प्रविधि र ऊर्जा समाधानको बृहत् प्रदर्शनी हुने


ग्लोबल पाना
मंगलबार, जेठ १२ २०८३
  • 263
    SHARES

  • images
    काठमाडौंमा जेठ २२ देखि ‘फिन इलेक्ट्रो–टेक २०२६’ आयोजना हुँदै, अन्तर्राष्ट्रिय प्रविधि र ऊर्जा समाधानको बृहत् प्रदर्शनी हुने

    काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघ को आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ आगामी जेठ २२ देखि २५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हल मा आयोजना हुने भएको छ ।

    images
    images
    images

    नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको सन्दर्भमा सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको हो ।

    आयोजकका अनुसार प्रदर्शनीले उपभोक्ता, व्यवसायी तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष समाधानबारे जानकारी गराउनेछ । साथै स्वदेशी उत्पादनको प्रवर्द्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यवसायिक नेटवर्क विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

    चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबुल तथा कण्डक्टर, एलईडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्री प्रदर्शन गरिने जनाइएको छ ।

    आयोजकले प्रदर्शनी अवलोकनकर्ताका लागि आधुनिक प्रविधि, सुरक्षित तथा गुणस्तरीय सामग्री, ऊर्जा बचत समाधान तथा बजारमा उपलब्ध नयाँ उत्पादनबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर रहने जनाएको छ । एउटै स्थलमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादन तुलना गर्न, प्राविधिक जानकारी लिन तथा नयाँ प्रविधिको अनुभव गर्न सकिने व्यवस्था गरिएको छ ।

    प्रदर्शनीका सम्पूर्ण स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ । ”फिन इलेक्ट्रो–टेक २०२६“ को टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा. लि.) रहेको छ भने पावर बाईमा ह्याभेल्स (ह्याभेल्स इन्डिया लिमिटेड), प्लेटिनम स्पोन्सरमा जनता के.इ.आई. (जनता केबल इन्डस्ट्रिज प्रा. लि.) रहेको छ ।

    यसै गरी डायमण्ड स्पोन्सरमा लेजर इन्डिया (लेजर इन्डिया प्राइभेट लिमिटेड) र ग्रेटहाइट इलेक्ट्रीकल्स (ग्रेटहाइट ग्लोबल प्रा. लि.) रहेका छन् । प्रदर्शनीका गोल्ड स्पोन्सरमा ब्रिलेन्ट एलईडी (एस.एम.सी. ग्लोबल प्रा. लि.) रहेको छ । यसै गरी अफिसियल बैंकमा नविल बैंक लिमिटेड र अफिसियल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेका छन् भने अफिसियल क्यारियरमा एस.के.बी ग्रुप रहेको छ । टेक्नोलोटी पार्टनरमा जुलाई टेक ल्याब्स छ भने इन्टरनेट पार्टनरमा सजिलो नेट रहेको छ । प्रदर्शनीको व्यवस्थापन मिडिया स्पेसले गरिरहेको छ ।

    प्रदर्शनीमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्स लगायत विभिन्न संस्थाको सहयोग रहने जनाइएको छ । आयोजकका अनुसार प्रदर्शनीमा उद्योगी, व्यवसायी, प्राविधिक, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण गरी हजारौं आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ