काठमाडौ । राष्ट्रिय अपांग कोषको आयोजनामा जेठ १२ गते काठमाडौंमा “The 22nd Wheelchair of Love” कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा कोरियाको Um Hong Gil Human Foundation र Tiny Share of Field Activity को सहयोगमा ६५ जना ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण गरिएको हो ।
सो कार्यक्रममका प्रमुख अतिथि तथा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत Park Taeyoung ले उहाँले अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज बनाउन यस्ता सहयोगात्मक कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताउँदै नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन सामाजिक सहकार्य निरन्तर रहने कुरामा जोड जोनु भयो ।
यस कार्यकयसमा समाज कल्याण परिषद्का सदस्य सचिव तथा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव चक्र बहादुर बूढाले कार्यक्रमको समापन गर्दै अपाङ्गता भएका व्यक्तिहरुको आत्मनिर्भरता र सामाजिक सहभागिता बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, समाजसेवी, अपाङ्गता अधिकारकर्मी तथा स्थानीय सहभागीहरूको उपस्थिति रहेको थियो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


