काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले कांग्रेस नफुटेको अवस्थामा सामाजिक सञ्जालमा ‘एकता’ को नारा लगाइनु आवश्यक नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कांग्रेस एक हुन ‘बटम लाइन’ खोज्नुपर्ने अवस्था नरहेको उल्लेख गरे ।
उनका अनुसार कांग्रेसमा बटम लाइन भनेकै नियमित महाधिवेशन, पार्टीको विधान, नीति, नियम, निर्देशन तथा स्थापित परम्पराको पालना हो । “मैले नबुझेको कुरा के हो भने कांग्रेस फुटेकै छैन, फेरि पनि सामाजिक सञ्जालमा एकता–एकता भनिएको छ । नफुटेको कांग्रेस एक हुन बटम लाइन भनेका छन् । कांग्रेसमा बटम लाइन भनेकै नियमित महाधिवेशन हो,” सतारले भनेका छन् ।
सतारले पार्टीको विधान, नीति, नियम, निर्देशन र परम्परालाई स्वीकार गरेर अघि बढ्न सबैलाई आग्रह गर्दै त्यसैमा सबैको कल्याण रहेको बताएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


