✍️नारायण ज्ञवाली
भानु जयन्ती
तनहुँको चुँदी रम्घामा, असार उनन्तीस जन्म भयो नेपालीका आदि कवि, भानुभक्तको उदय भयो रामायण नेपालीमा लेखी, उज्यालो छरिदिए जनजनको आफ्नै भाषामा, ज्ञानका ज्योती वालिदिए ॥
संस्कृतका गहिरा भाव, सरल भाषामा उतारे भाषा, साहित्य, संस्कृतलाई, गहिरो गरि तिखारे आदि कविको अमर कीर्ति, नेपाली मनमा रहिरहोस् उनको ज्ञान र आदर्शले, सधैँ उज्यालो भरिरहोस्॥
घाँसीले कुवा खनेर, गाउँभरि पानी पुर्याए आफ्नो श्रम र सेवाले, जीवनभरि नाम कमाए घाँसीको त्यो कर्म देखी, भानुको मन भरियो मानिस मर्छ कर्म बाँच्छ भन्ने अमर सन्देश छरियो ॥
एउटाले कुवा खने, अर्काले साहित्य लेखे दुवैका अमर योगदान, नेपालीले स्पस्ट देखे असार उनन्तीस आउँदा, भानुलाई सम्झौँ हामी घाँसीबाट श्रम सिकौँ, भानुको ज्ञान अपनाऔँ हामी॥
भाषा, कला संस्कृतिको, सधैँ सम्मान गरौँ असल कर्म गर्दै सधैँ, जीवनलाई सफल पारौँ भानुको अमर सिर्जनाले, नेपाली शिर उच्च रहोस् भानुजयन्तीको यो सन्देश, घरघरमा फैलिरहोस्॥
.gif)




 x 450 (H) Global Pana.jpeg)


