काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आइतबार काठमाडौंमा विविध साहित्यिक, सांस्कृतिक तथा सम्मान कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ । जन्मजयन्तीका अवसरमा आयोजित विशेष समारोहमा नेपाली भाषा, साहित्य तथा भाषिक एकीकरणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका वरिष्ठ साहित्यकार महेश्वर शर्मा र आना लाई नगर परिक्रमासहित रथारोहण गराई विशेष सम्मान गरिएको थियो । सम्मानित स्रष्टाद्वयलाई कार्यक्रममा दोसल्ला, सम्मानपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियाे छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई जनस्तरसम्म पुर्याउन खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सबै पक्षको साझा दायित्व रहेको बताए ।
कार्यक्रममा लेखक, साहित्यकार, सञ्चारकर्मी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ब्यान्ड टोलीले सांगीतिक धुन प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक झाँकीसहित सहभागिता जनाएका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


