Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

‘निर्वाचन एक अनुभव’ कृतिको विमोचन, कालिकोटको यथार्थ उजागर


ग्लोबल पाना
बिहीबार , असार ३२ २०८३
  • 254
    SHARES

  • images
    ‘निर्वाचन एक अनुभव’ कृतिको विमोचन, कालिकोटको यथार्थ उजागर

    काठमाडौं । लेखक अजबहादुर गिरीद्वारा लिखित ‘निर्वाचन एक अनुभव’ कृतिको बिहीबार काठमाडौंको अनामनगरस्थित राष्ट्रिय प्रेस काउन्सिल हलमा आयोजित विशेष समारोहबीच विमोचन गरिएको छ । कृतिको विमोचन राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष, पूर्व संविधानसभा सदस्य दुर्गा पौडेल र पूर्वमन्त्री प्रेमबहादुर सिंहले संयुक्त रूपमा गर्नुभएको थियो ।

    images
    images
    images

    कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै शिक्षक संगठनका केन्द्रीय अध्यक्ष हंशबहादुर शाही, लुम्बिनी प्रदेशसभा सदस्य तारा क्षेत्री, नेता हरि आचार्यलगायत वक्ताहरूले पुस्तकले कालिकोट जिल्लाको सामाजिक, राजनीतिक तथा विकासको वास्तविक अवस्था, स्थानीय जनजीवन र भविष्यका सम्भावनालाई प्रभावकारी रूपमा चित्रण गरेको बताए । लेखक गिरीले पुस्तक लेख्ने क्रममा कालिकोटका नौवटै स्थानीय तहको भ्रमण गरी त्यहाँका जनजीवन, ऐतिहासिक तथा धार्मिक स्थल, स्थानीय परिवेश, विकासका चुनौती, आवश्यकता र आफ्ना अनुभवलाई समेट्ने प्रयास गरिएको जानकारी दिनुभयो । उहाँले ‘निर्वाचन एक अनुभव’ केवल निर्वाचनसँग सम्बन्धित संस्मरण मात्र नभई कालिकोटको समग्र सामाजिक यथार्थ र विकासको दस्तावेजका रूपमा तयार गरिएको उल्लेख गर्नुभयो ।

    वक्ताहरूले स्थानीय तह, ग्रामीण समाज र समग्र कालिकोटलाई नजिकबाट बुझ्न चाहने पाठक, अनुसन्धानकर्ता तथा नीति निर्माणसँग सम्बन्धित व्यक्तिका लागि यो कृति उपयोगी सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ