Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौं रेड्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा शनिबार जित हात पारेको छ


ग्लोबल पाना
शनिबार, भदौ २० २०८३
  • 288
    SHARES

  • images
    काठमाडौं रेड्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा शनिबार जित हात पारेको छ

    काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ ले पराजित ग¥यो । आफ्नो पहिलो खेलमा काठमाडौं २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले विजयी भयो । दुई खेलमा मधेशको यो लगातार दोश्रो हार हो । पहिलो खेलमा मधेश सगरमाथा स्म्यासर्ससंग २५–२१, २५–२१, २३–२५ र २५–२१ ले चुकेको थियो । काठमाडौं रेड्सका अहमद मुस्ताफा खान ‘म्यान अफ द म्याच’ घोषित भए ।

    images
    images
    images

    नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् । नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ ।

    यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको फाइनल भदौ २८ गते हुनेछ । कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ