Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षामन्त्री पोखरेलद्वारा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण


ग्लोबल पाना
शनिबार, असोज १७ २०८३
  • 148
    SHARES

  • images
    शिक्षामन्त्री पोखरेलद्वारा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण

    असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दाङको देउखुरीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्नुभएको छ। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित कार्यक्रमका लागि सुर्खेत जाने क्रममा मन्त्री पोखरेलले रंगशालाको अवलोकन तथा निरीक्षण गर्नुभएको हो। निरीक्षणका क्रममा उहाँले रंगशालामा क्रिकेट अभ्यास गरिरहेका युवाहरूसँग क्रिकेटसमेत खेल्नुभएको थियो। रंगशालाको अवस्था तथा खेलकुद गतिविधिबारे जानकारी लिन मन्त्री पोखरेल त्यहाँ पुग्नुभएको थियो।

    images
    images
    images

    सो अवसरमा उहाँले स्थानीय खेलाडीहरूसँग अन्तरक्रियासमेत गर्नुभएको थियो। मन्त्री पोखरेलसँगै उहाँका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयको उच्चस्तरीय टोली पनि रंगशाला निरीक्षणमा सहभागी भएको थियो।

    देउखुरी क्षेत्रमा क्रिकेट खेलको विकास र पूर्वाधार विस्तारका लागि महत्वपूर्ण मानिएको उक्त रंगशालाको निरीक्षणलाई स्थानी खेलाडी तथा खेलप्रेमीहरूले चासोका साथ हेरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ