Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बाढीपीडितको सहयोगमा निशान पोली क्लिनिक, प्रधानमन्त्री दैवी उद्धार कोषमा ४ लाख


ग्लोबल पाना
मंगलबार, भदौ ३० २०८३
  • 148
    SHARES

  • images
    बाढीपीडितको सहयोगमा निशान पोली क्लिनिक, प्रधानमन्त्री दैवी उद्धार कोषमा ४ लाख

    काठमाडौं । महाराजगञ्जस्थित निशान पोली क्लिनिक प्रालिले बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको छ । क्लिनिकमा कार्यरत चिकित्सक, कर्मचारी तथा व्यवस्थापन पक्षबाट संकलित उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । सहयोग रकममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसी, वरिष्ठ चर्मरोग विशेषज्ञ डा. अनिलकुमार दासलगायतको विशेष व्यक्तिगत योगदान रहेको क्लिनिकले जनाएको छ ।

    images
    images
    images

    क्लिनिकले तीज पर्वको अवसरमा कर्मचारीका लागि उपहारसहित विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो । तर भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि उक्त कार्यक्रम रद्द गरी सोही रकम बाढी प्रभावितको सहयोगमा उपलब्ध गराउने निर्णय गरिएको हो ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् मा परेका नागरिकलाई सहयोग गर्न पाउँदा संस्था गौरवान्वित भएको निशान पोली क्लिनिकका अध्यक्ष राजनहरि दाहालले बताए । उनले बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै विपद् तथा कठिन परिस्थितिमा समुदायसँग सहकार्य गर्नु संस्थाको दायित्व भएको बताए ।

    रामेछापका दाहालले २०५१ सालमा स्थापना गरेको निशान फार्मालाई विशेषज्ञ चिकित्सकको सेवा तथा अत्याधुनिक प्रयोगशालासहित २०६८ सालमा निशान पोली क्लिनिकका रूपमा विस्तार गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ