Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका


ग्लोबल पाना
मंगलबार, असोज १३ २०८३
  • 132
    SHARES

  • images
    निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको खोप सेवा सुक्ष्म कार्ययोजना तयार गर्दैछ । यसअघि स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट सञ्चालन हुने खोप कार्यक्रमको मात्र सुक्ष्म कार्ययोजना तयार गर्ने गरेको थियो । अन्य खोप सेवा प्रदायकका हकमा स्वास्थ्य कार्यालयले कार्ययोजना तयार पार्ने गरेको थियो ।

    images
    images
    images

    यस वर्षदेखि भने महानगरपालिका आफैँले नियमित खोप कार्यक्रम तथा खोपबाट बचाउन सकिने रोगहरुको खोज पड्ताल सम्बन्धी समीक्षा गर्दै नयाँ खोप तथा रोगका बारेमा जानकारी, सरसफाइ प्रवर्धन तथा सुक्ष्म कार्ययोजना अद्यावधिक गोष्ठी गरेर योजना तर्जुमा गरिरहेको हो । गोष्ठीको पहिलो चरणमा महानगरपालिकाका सबै स्वास्थ्य प्रवर्धन केन्द्रका इञ्जार्च र खोपकर्ताका लागि २–२ दिनको २ समूहमा सुक्ष्म कार्ययोजना तथा समीक्षा गरिएको जनस्वास्थ्य अधिकृत खोप फोकल पर्सन मैयाँ सैँजुले जानकारी दिनुभयो । यस क्रममा आजदेखि महानगरपालिकाभित्र सञ्चालित खोप प्रदायक संस्थाका खोपकर्तालाई सहभागी गराएर गोष्ठी सुरु गरिएको छ । यसमा २२ वटा संस्थाका खोपकर्ता सहभागी हुनुहुन्छ ।

    नियमित खोप सेवाको पहुँच बढाउँदै खोपबाट छुटेका तथा पूर्ण खोप नपाएका बालबालिकाको पहिचान गर्ने र सेवा सुनिश्चित गर्ने कार्यशालाको उद्देश्य हो । कार्यशालाबाट स्वास्थ्य संस्थाबाट प्रदान गरिने खोप सम्बन्धी तथ्यांक, खोप कभरेज, ड्रपआउट, खोप खेर जाने दर तथा सेवा पहुँचको अवस्थालाई विश्लेषण गरी वडादेखि महानगरस्तरीय योजना तयार पारिनेछ । आर्थिक वर्ष २०८२÷८३ को खोप तथ्यांकअनुसार काठमाडौँ महानगरपालिकामा अधिकांश खोपको कभरेज लक्षित जनसंख्याको तुलनामा १०० प्रतिशतभन्दा माथि देखिएको छ ।

    स्वास्थ्य कार्यालय काठमाडौँका जनस्वास्थ् अधिकृत प्रबिना कर्माचार्यका अनुसार महानगरपालिकामा बीसीजीको कभरेज ३१८.९६ प्रतिशत, डिपिटी–हेपबी–हिब पहिलो मात्रा १३२.७५ प्रतिशत र तेस्रो मात्रा १३३.०२ प्रतिशत देखिएको छ । त्यस्तै, पोलियो पहिलो मात्रा १३३.०२ प्रतिशत, पीसीभी पहिलो मात्रा १३२.८८ प्रतिशत, एमआर पहिलो मात्रा ११४.२७ प्रतिशत र एमआर दोस्रो मात्रा ११०.९४ प्रतिशत छ । तर, यही तथ्यांकमा पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको अनुपात ७२.०८ प्रतिशत मात्र देखिएको छ ।

    यसले लक्षित जनसंख्या निर्धारण, सेवाको उपयोग, अभिलेख तथा रिपोर्टिङ र वास्तविक रूपमा पूर्ण खोप पाएका बालबालिकाको अवस्थालाई थप सूक्ष्म ढङ्गले विश्लेषण गर्नुपर्ने देखाएको छ । खोप कार्यक्रमको विश्लेषणमा कभरेजसँगै ड्रपआउट, खोप नपाएका बालबालिकाको संख्या, खोप खेर जाने दर, पहुँच र उपयोगलाई प्रमुख सूचकका रूपमा लिनुपर्ने फोकल पर्सन सैँजुले बताउनुभयो ।

    महानगरपालिकामा पहिलो मात्रा लिएका बालबालिकाले पछिल्ला मात्रा तथा एमआर दोस्रो खोपसम्म निरन्तरता दिए–नदिएको अवस्था सम्बन्धी सूचना महत्वपूर्ण पक्षका रुपमा देखिएको छ । प्रस्तुत तथ्यांकअनुसार काठमाडौँ महानगरपालिकाको पेन्टा पहिलो मात्रा र एमआर दोस्रो मात्राबिचको ड्रपआउट दर १८.०७ प्रतिशत देखिएको छ । खोप कार्यक्रमको सूक्ष्म योजनामा १० प्रतिशतभन्दा कम ड्रपआउटलाई न्यून र १० प्रतिशत वा सोभन्दा बढीलाई उच्च ड्रपआउट मानेर समस्या वर्गीकरण गर्ने आधार तय गरिएको छ । जनस्वास्थ्य अधिकृत कर्माचार्यले गोष्ठीमा प्रस्तुतिकरण गर्दै, खोप खेर जाने दरसमेत महानगरपालिकाको योजनामा सुधार गर्नुपर्ने पक्षका रूपमा देखाउनुभयो ।

    आर्थिक वर्ष २८२÷०८३ मा पेन्टा खोपको खेर जाने दर ३३.१२ प्रतिशत, एमआरको ३८.५१ प्रतिशत, ओरल पोलियो भ्याक्सिन (ओपीभी)को ३३.५४ प्रतिशत, निमोनियाँ, मेनेन्जाइटिसबाट बचाउने (पीसीभी)को १४.४५ प्रतिशत र टाइफाइडबाट बचाउने भ्याक्सिन (टीसीभी) को २८.२१ प्रतिशत देखिएको छ । जनस्वास्थ्य अधिकृत मञ्जु मास्केका अनुसार खोपका स्वीकार्य सीमासमेत फरक–फरक निर्धारण गरिएको छ ।

    त्यसैले वास्तविक खपत, लक्षित संख्या र खोपको भायल व्यवस्थापनका आधारमा आवश्यकताको अनुमान गरी आपूर्ति तथा उपयोग योजनालाई थप व्यवस्थित गर्दै लगिनेछ । रिपोर्टिङतर्फ महानगरपालिकाको समग्र समयमा रिपोर्ट गर्ने दर ८४.३६ प्रतिशत देखिएको । वडागत रूपमा समयमा रिपोर्ट गर्ने दरमा ठूलो अन्तर देखिन्छ । केही स्वास्थ्य प्रवर्धन केन्द्रले समयमै रिपोर्टिङ गरेका छन् ।

    यसपछि प्रतिशतका आधारमा हेर्दा २५ प्रतिशत, यसपछि क्रमशः ४१.६७ प्रतिशत, ५० प्रतिशत र ५८.३३ प्रतिशतसम्म रहेको छ । गोष्ठीमा विश्व स्वास्थ्य संगठनका आइपीडी अफिसर डा. सागर शाक्यले खोपबाट बचाउन सकिने रोगहरुको खोज पड्तालका विषयमा र स्वास्थ्य कार्यालयका कोल्ड चेन अफिसर अजय सहनीले खोपका लागि तापक्रम व्यवस्थापन तथा निगरानीका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । यसले खोप कार्यक्रमको वास्तविक अवस्था पहिचान गर्न नियमित र गुणस्तरीय तथ्यांक अभिलेखीकरण तथा रिपोर्टिङलाई सूक्ष्म योजनाको महत्वपूर्ण आधार बनाउनुपर्ने देखाउँछ ।

    सूक्ष्म योजनामा प्रत्येक वडा तथा स्वास्थ्य संस्थाबाट योजना तयार गरी त्यसलाई महानगरपालिकाले समायोजन गर्ने तयारी गरिएको छ । खोप सेवाबाट वञ्चित क्षेत्र, वर्ग, जाति तथा समुदाय पहिचान गर्ने, समस्याको कारण विश्लेषण गर्ने, स्थानीय समुदाय र सरोकारवालाको सहभागिता बढाउने तथा पहिचान भएका समस्याका आधारमा खोप सेवाको पहुँच विस्तार गर्ने योजना यसका प्रमुख पक्ष हुन् । महानगरपालिकाले घरधुरी सर्वेक्षण, छुट तथा ड्रपआउट बालबालिकाको पहिचान, नियमित खोप सत्रको पुनरावलोकन, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकासँग समन्वय, खोप आपूर्ति र कोल्डचेन सामग्रीको वास्तविक आवश्यकता निर्धारण तथा नियमित अनुगमनलाई योजनामा समेट्ने तयारी छ ।

    सूक्ष्म योजना स्वास्थ्य संस्थाबाट सुरु भएर वडा र स्थानीय तह हुँदै माथिल्लो तहमा समायोजन गर्ने अवधारणालाई कार्यशालामा प्रमुख छलफलको विषय बनाइएको छ । गोष्ठीमा खोप कार्यक्रमको सुधारका लागि कभरेज मात्र बढाउनेभन्दा पनि कुन बालबालिका छुटे, किन छुटे, कुन क्षेत्रमा पहुँच कमजोर छ र पहिलो मात्रा लिएपछि किन पछिल्ला मात्रा लिन आएनन् भन्ने प्रश्नको तथ्यमा आधारित उत्तर खोज्नुपर्नेमा जोड दिइएको छ । त्यसैका आधारमा स्वास्थ्य विभागले वडा र स्वास्थ्य संस्था तहमा छुटेका बालबालिकाको पहिचान, सेवा पहुँच विस्तार, खोप खेर जाने दर न्यूनीकरण र तथ्यांकको गुणस्तर सुधारलाई केन्द्रमा राखेर सूक्ष्म योजना कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ