Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मुटुरोग भनेको के हो ? यसको लक्षण, कारण र बच्ने उपायहरु


ग्लोबल पाना
मंगलबार, असोज १३ २०८३
  • 141
    SHARES

  • images
    मुटुरोग भनेको के हो ? यसको लक्षण, कारण र बच्ने उपायहरु

    ✍️डा. मिलनप्रकाश श्रेष्ठ (मुटुरोग विशेषज्ञ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी काठमाडौँ)

    images
    images
    images

    मानव शरीरको अति संवेदनशील तथा महत्वपूर्ण अङ्ग मुटुमा देखिने विभिन्न किसिमका स्वास्थ्य समस्यालाई मुटुरोग भनिन्छ । प्रत्येक वर्ष सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउँदै आइएको छ । विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो । शहरीकरण, अव्यवस्थित खानपान, जीवनशैलीमा आएको परिवर्तनले गर्दा मुटुसम्बन्धी विभिन्न जटिलता देखिने गरेका छन् । मुटु रोगका कारण वर्षेनी विश्वभर एक करोड ५० लाखभन्दा बढीले अकालमा ज्यान गुमाउने गरेको तथ्याङ्क रहेको छ । मुटुमा रहने भल्भ, मांसपेशी तथा बाहिरी पातलो तह पेरीकार्डियम लगायतका भागहरूमा आउने खराबीका कारण मुटु रोग निम्तने गर्छ ।

    मुटुमा समस्या आएमा शरीरले विभिन्न किसिमका लक्षणहरू देखाउने गर्छ । मुटु रोगका प्रमुख लक्षण

    – हिँड्दा वा सामान्य काम गर्दा सास फेर्न गाह्रो हुने ।

    – छाती दुख्ने तथा भारी हुने ।

    – मुटुको ढुकढुकी अस्वाभाविक रूपमा बढ्ने ।

    – चक्कर लाग्ने र अचानक बेहोस हुने ।

    – शरीर तथा खुट्टाहरू सुन्निने ।

    नेपालमा मुटु रोगका विभिन्न कारणहरू रहेका छन्, जसलाई मुख्य गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ ।

    १. जन्मजात मुटु रोग गर्भावस्थामा आमाको सन्तुलित खानपान तथा पोषणको कमी, गर्भावस्थामा आमामा हुने विभिन्न प्रकारका सङ्क्रमण र चिकित्सकको सल्लाहबिना हानिकारक औषधिको सेवनका कारण नवजात शिशुमा जन्मजात मुटुरोग देखिन सक्छ ।

    २. बाथरोगजन्य मुटुरोग विशेषगरी सरसफाइ र स्वच्छ वातावरणको कमी तथा खानपानमा ध्यान नदिनाले बाथरोग गराउने किटाणुले मुटुको भल्भमा आक्रमण गर्छ । यो समस्या बालबालिकाहरूमा बढी मात्रामा देखिने गर्छ ।

    ३. मुटुको नशा ब्लक हुने समस्या उच्च रक्तचाप (प्रेशर), मधुमेह (सुगर), रगतमा कोलेस्ट्रोलको मात्रा बढी हुनु, धुम्रपान तथा मद्यपानको सेवन, मोटोपना, शारीरिक व्यायामको कमी र अत्याधिक मानसिक तनावका कारण मुटुको नशा साँगुरिने वा ब्लक हुने गर्छ । समयमै उपचार नभएमा यसले हृदयघात समेत गराउन सक्छ ।

    मुटु रोगबाट बच्ने र नियन्त्रण गर्ने उपाय मुटुलाई स्वस्थ राख्न र यससम्बन्धी रोगहरूबाट बच्नका लागि खानपान र जीवनशैलीमा सुधार ल्याउनुपर्दछ ।

    सन्तुलित खानपानः

    धेरै चिल्लो, बोसोयुक्त र रातो मासुको सेवन कम गर्ने तथा हरियो सागपात र ताजा फलफूलको सेवन बढाउने ।

    नियमित व्यायामः

    शरीरलाई स्वस्थ राख्न र मोटोपना घटाउन दैनिक रूपमा शारीरिक व्यायाम वा खेलकुदमा सहभागी हुने ।

    तनाव व्यवस्थापनः

    अत्याधिक मानसिक तनावबाट टाढा रहने र दैनिक कम्तीमा ७ देखि ८ घण्टाको पर्याप्त निद्रा पु¥याउने । नियमित स्वास्थ्य जाँचः आफ्नो रक्तचाप, सुगर र कोलेस्ट्रोलको मात्रा समय–समयमा परीक्षण गरी नियन्त्रणमा राख्ने ।

    (डा. मिलनप्रकाश श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।)

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ