Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रंग र सिर्जनामा चम्किए बालप्रतिभा, CETARC ले गर्‍यो उत्कृष्ट विद्यार्थी सम्मान


ग्लोबल पाना
आइतबार, असोज ४ २०८३
  • 1,065
    SHARES

  • images
    रंग र सिर्जनामा चम्किए बालप्रतिभा, CETARC ले गर्‍यो उत्कृष्ट विद्यार्थी सम्मान

    काठमाडौं । बालबालिकाको सिर्जनात्मक क्षमता, कलाप्रतिभा तथा प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले Cosmos Educational Training & Research Centre (CETARC) को आयोजनामा सञ्चालन गरिएको बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs–2083’ को पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ । असोज ३ गते काठमाडौंको बसुन्धरास्थित यती इभेन्ट्समा आयोजित समारोह CETARC का निर्देशक रमेश पराजुलीको सभापतित्वमा सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रममा नेपाल राष्ट्रगानका रचयिता ब्याकुल माइला (प्रदीपकुमार राई) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । समारोहमा प्रतियोगिताका विभिन्न विधा तथा कक्षागत प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । कक्षागत प्रतिस्पर्धातर्फ LKG मा एञ्जल हार्ट एकेडेमी, तारकेश्वर–मनमैजुका आयान आचार्य प्रथम भएका छन् । UKG तर्फ कुरिनटारस्थित प्रगति पाठशालाका प्रगम प्रथम भएका छन् भने कक्षा १ मा धादिङको वेणी शिक्षा सदनका विद्यार्थी प्रथम भएका छन् ।

    त्यस्तै, कक्षा २ तर्फ पद्मकन्या विद्या मन्दिरकी थेरेसा श्रेष्ठ, कक्षा ३ तर्फ श्री विद्यालय, सानोभर्‍याङकी शिवांशी पंगेनी र कक्षा ४ तर्फ चितवनस्थित ॐ शान्ति एकेडेमीका अनुष्ठान पौडेल प्रथम भएका छन् । कक्षा ५ तर्फ धादिङको Advance Academy का विद्यार्थी, कक्षा ६ मा दहचोकस्थित Richa Co-ed Home का विद्यार्थी, कक्षा ७ मा भङ्गालस्थित National United School का विद्यार्थी तथा कक्षा ८ मा भरतपुरस्थित New Vision Academy का विद्यार्थी प्रथम भएका छन् ।

    कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा शिक्षा क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । पुरस्कार वितरणसँगै विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत प्राप्त गरेका थिए । समारोहलाई सम्बोधन गर्दै CETARC का निर्देशक रमेश पराजुलीले बालबालिकाको शैक्षिक विकाससँगै उनीहरूको सिर्जनात्मक तथा कलात्मक क्षमताको विकासमा समेत ध्यान दिनुपर्ने बताए । यस्ता प्रतियोगिताले बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै आत्मविश्वास, कल्पनाशक्ति र सिर्जनात्मक सोच विकास गर्न सहयोग पुग्ने उनले बताए ।

    CETARC ले बालबालिकाको प्रतिभा पहिचान, प्रोत्साहन र सिर्जनात्मक क्षमता विकास गर्ने उद्देश्यले चित्रकला, रंग भर्ने, निबन्ध लेखनलगायत विभिन्न प्रतिभामूलक कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको छ । Trinity Prakashan Pvt. Ltd. को सहयोग तथा Globalpana.com मिडिया पार्टनरका रूपमा रहेको यस कार्यक्रमले बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजक रेशम वौडेलले जनाएका छन् ।

    विभिन्न कक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै सम्पन्न भएको कार्यक्रमले बालबालिकामा सिर्जनात्मक सोच, आत्मविश्वास र कलाप्रतिको रुचि बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ। आगामी दिनमा पनि बालबालिकाको प्रतिभा पहिचान र प्रोत्साहनका लागि यस्ता रचनात्मक तथा प्रतिभामूलक कार्यक्रमलाई निरन्तरता दिइने CETARC ले जनाएको छ ।

    हेर्नुहाेस् भब्य कार्यक्रम विच सार्वजनिक भएको नतिजा

    IMG-20260921-WA0032.jpgIMG-20260921-WA0033.jpg

    images

  • सम्बन्धित विषय:

  • # बालबालिका
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ