काठमाडौं । तारकेश्वर–मनमैजुस्थित एञ्जल हार्ट एकेडेमीका विद्यार्थी आयान आचार्यले बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs–2083’ मा उत्कृष्ट प्रदर्शन गर्दै LKG तर्फ प्रथम स्थान हासिल गरेका छन् । Cosmos Educational Training & Research Centre (CETARC) को आयोजनामा सम्पन्न प्रतियोगितामा आयानले आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेका हुन् ।
बालबालिकाको कलात्मक प्रतिभा, कल्पनाशक्ति तथा सिर्जनात्मक सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रथम स्थान हासिल गरेसँगै आयानलाई असोज ३ गते काठमाडौंको बसुन्धरास्थित यती इभेन्ट्समा आयोजित पुरस्कार वितरण समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
समारोहमा नेपाल राष्ट्रगानका रचयिता ब्याकुल माइला (प्रदीपकुमार राई) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। सानै उमेरमा चित्रकला तथा रंग भर्ने विधामा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशस्तरीय प्रतियोगितामा प्रथम हुनु आयानको प्रतिभाका लागि महत्वपूर्ण उपलब्धि बनेको छ । उनको सफलताले एञ्जल हार्ट एकेडेमी परिवारमा समेत उत्साह थपिएको छ ।
विद्यालयले बालबालिकाको पढाइसँगै उनीहरूको सिर्जनात्मक, कलात्मक तथा प्रतिभामूलक क्षमताको विकासमा समेत जोड दिँदै आएको जनाएको छ । यस्ता प्रतियोगिताले बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुका साथै आत्मविश्वास र सिर्जनात्मक सोच विकास गर्न सहयोग पुग्ने विद्यालयको भनाइ छ ।
CETARC का निर्देशक रमेश पराजुलीको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहमा विभिन्न कक्षाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । CETARC ले बालबालिकाको प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले चित्रकला, रंग भर्ने, निबन्ध लेखनलगायत विभिन्न कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।
हेर्नुहाेस् भब्य कार्यक्रम विच सार्वजनिक भएको नतिजा


.gif)




 x 450 (H) Global Pana.jpeg)


