Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

तिनै तहका सरकार र निकायहरूले समयमा काम सम्पन्न गर्नुपर्ने : प्रमुख पौडेल


ग्लोबल पाना
सोमबार, फागुन २९ २०७९
  • 237
    SHARES

  • images
    तिनै तहका सरकार र निकायहरूले समयमा काम सम्पन्न गर्नुपर्ने : प्रमुख पौडेल

    पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा संघ, प्रदेश र स्थानीय तहबाट आर्थिक बर्ष २०७९/८० मा सम्पादित कार्यहरूको अर्ध बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आइतबार र सोमबार गरि दुई दिन सम्म चेलेको समिक्षा बैठकमा कास्कीका विभिन्न कार्यालयमा संचालित योजना तथा बिकास निर्माणका कार्यहरूको समिक्षा गरिएको थियो।

    images
    images
    images

    कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तिनै तहका सरकारका कामहरूको सहजीकरणका लागि कार्यक्रम आयोजना गरिएको भन्दै तिनै तहका सरकार र निकायहरू समयमा काम सम्पन्न गर्ने गरि लागि पर्न आग्रह गर्नुभयो । पौडेलले निर्माणाधिन केही आयोजनाका गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको हुँदा गुणस्तरमा कुनै कमजोरी देखिन नहुने उल्लेख गर्दै यदि त्यस्तो पाइएमा कुनै सम्झौता नहुने प्रष्ट पार्नु भयो।

    उहाँले स्रोतको उचित प्रयोग, गुणस्तरमा प्रतिबद्धता र जनगुनासोको सम्बोधन सहित समयमा बिकास निर्माणका काममा लाग्न सबै स्थानिय तह र विभिन्न बिभागिय कार्यालयका प्रमुखहरूलाइ निर्देशन दिनुभयो। कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका उप प्रमुख सरिता माल, कास्किका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सि., स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालय पोखराका प्रमुख सह सचिब कुमार थापा, जिल्ला समन्वय अधिकारी नबराज बराल, रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, लगायतले बिकासमा बिभागिय कार्यालयहरूको एकीकृत समन्वयमा जोड दिनु भएको थियो ।

    कार्यक्रममा कास्कीका छनोट भएका कुल २२ वटा कार्यालय मध्ये २० वटाले आ आफ्नो प्रस्तुति गरेका र नेपाल विद्युत प्राधिकरण मालेपाटन र जलस्रोत तथा सिचाइ बिकास डिभिजन कार्यालय कास्की अनुपस्थित रहेको जि स स कास्किले उल्लेख गरेको छ। स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९५ बमोजिम उक्त कार्यक्रम आयोजना गरिएको थियो।

    कास्कीमा चालू आर्थिक बर्षको पहिलो छ महिनामा पुजिगत खर्च तर्फ औषत १५ प्रतिसत मात्रै खर्च भएको पाइएकोले कार्यसम्पादन स्तर सुधार्न निर्देशन दिइएको जिल्ला समन्वय अधिकारी नबराज बरालले बताउनु भयो। कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ